बनेपा– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ९, पालुघाटटारका एक बृद्धको गाडी ठक्करबाट मृत्यु भएको छ । गए राती बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा पैदलयात्री तेमाल गाउँपालिका वडा नं. ९ का छेवाङ तामाङको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार काठमाडौँबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गएराति सडक छेउमा हिँडिरहेका तामाङलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट सख्त घाइते तामाङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।