तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ ले आर्थिक वर्ष २०८०।०८१ को लागि वडा स्तरीय योजना तर्जुमा भेला गर्ने भएको छ । वडा अध्यक्ष प्रेमबहादुर लामाले एक सूचना जारी गर्दै सो भेलामा सहभागीताको लागि सबै सरोकारवालाहरुलाई अनुरोध समेत गरेका छन् ।

‘यस तेमाल गाउँपालिका वडा नं. ६ को लागि तेमाल गाउँपालिकामा आगामी आ.व.२०८०/०८१ को गाउँ सभामा पेश गर्ने योजनाहरु वडा स्तरिय भेलाबाट संकलन गर्नुपर्ने भएकोले सम्पुर्ण वडावासीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजिवी, शिक्षाप्रेमी, युवा, विद्यार्थी लगायत सरोकारवालाहरु निम्न मिति, समय र स्थानमा उपस्थित हुनुभई योजना संकलन कार्यमा संलग्न भईदिनुहुन हार्दिक अनुरोध गर्दै जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’ वडा अध्यक्ष लामा द्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

कार्यक्रम आगामी २०८० जेष्ठ २८ गते आइतबार दिनको १ बजे ६ नं. वडा कार्यालय ठूलोपर्सेलमा हुने सूचनामा जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।