तेमाल– राष्ट्रिय स्वतन्त्र पार्टीको तेमाल स्तरीय विस्तार भेला सम्पन्न भएको छ । भेलाले रेशम लामालाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ ।

तेमालको ग्योइगारमा सम्पन्न भएको भेलाले उपसभापति विमला तामाङ (वडा नं. १), सचिवमा प्रदीप मैनाली (वडा नं. ७), कोषाध्यक्षमा अक्कल लामा (वडा नं. ४), सदस्यहरु सुनिल लामा (वडा नं. ३), जिन्लाव तामाङ (वडा नं. ५), कुमार पाण्डे (वडा नं. ७), विरसिं तामाङ (वडा नं. ३), देवबहादुर तामाङ (वडा नं. ५), संगठन विभाग प्रमुख ङेमा (निमा) लामा (वडा नं. ६), प्रचार प्रसार विभाग प्रमुख नेरु लामा (वडा नं. ६), प्रशिक्षण विभाग प्रमुख सूर्यबहादुर लामा (वडा नं. ८) निर्विरोध निर्वाचित गरेको छ ।

सभापतिमा निर्वाचित रेशम माओवादी केन्द्रको पुरानो नेता हुन् भने संगठन विभाग प्रमुख रहेका निमा माओवादी केन्द्र हुँदै मालेमा प्रवेश भएका व्यक्ति हुन् । त्यसैगरि प्रचार प्रसार विभाग प्रमुख नेरु एमालेको पुरानो कार्यकर्ता हुँदै पार्टी विभाजन भएपछि एकीकृत समाजवादीमा सक्रिय थिए भने सूर्यबहादुर ०८९ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको वागी उम्मेदवार बनेका व्यक्ति हुन् ।

कार्यक्रमको प्रमुख अतिथिमा रमेश खरेल थिए भने अतिथिहरुमा जिल्ला संयोजक प्रविण ढकाल, वागमती प्रदेश निवर्तमान सभापति दिपक विश्वकर्मा, क्षेत्रि समिति सदस्य ई. छेवाङ योञ्जन र मधु आचार्य रहेको कार्यक्रम सञ्चालक समिति सदस्य ऋषि मैनालीले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।