अञ्जली तामाङ
धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को प्रथम नगर अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले दयासागर श्रेष्ठको अध्यक्षतामा ४५ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

अधिवेशनको बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल उद्घाटन गरेका थिए ।

अधिवेशनबाट उपाध्यक्षमा सञ्चिता तामाङ र मोहन दाहाल, सचिबमा यादव प्रसाद कोईराला, उपसचिबमा पार्वती थापा र भैरव बडाल सर्वसम्मत निर्वाचित भएका छन । त्यसैगरि सदस्यहरुमा महेश कुमार योगल, सुर्दशन बस्नेत, बलराम चौलागाई, आनन्द पोखरेल लगायत रहेका छन् ।

यसैबीच अधिवेशनले टिका प्रसाद हुमागाईको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । सल्लाहकार समितिमा इन्द्र लाल तुसुजु, राधिका गेलाल र श्रीराम पराजुली रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।