धुलिखेल– नेकपा (एकीकृत समाजवादी) निकट काभ्रेका कानून ब्यवसायीहरु संगठीत भएका छन् । जिल्ला पार्टी कार्यालयमा बसेको भेलाले समाजवादी पेशागत कानून व्यवसायी संघको अध्यक्षमा अधिवक्ता जगत शाहलाई अध्यक्षमा सर्वसम्मच चयन गरेको छ ।

भेलाले उपाध्यक्ष्मा परमात्माराम पराजुली, सचिबमा कुल प्रसाद अर्याल र कोषाध्यक्षमा विकास गिरीलाई चयन गरेको छ । त्यसैगरि सदस्यहरुमामा विष्णु प्रसाद घिमिरे, प्रल्हाद गिरी, सचितानन्द केसी र दिलिप ताम्राकार रहेका छन् ।

भेलाले काभ्रे बारका अध्यक्ष समेत रहनुभएका समाजवादीका नेता विष्णु प्रसाद सापकोटा प्रमुख रहेको कानुन विभाग गठन गरेको छ । विभागको उपप्रमुखमा सचितानन्द केसी, सचिबमा विकास गिरी, सदस्यमा जयराम केसी र प्राणनाथ न्यौपाने रहेका छन् ।

भेलामा प्रमुख आतिथी जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्ष बसुन्धरा हुमागाई, समाजवादी पेशागत कानुन ब्यवसायी संगठनको केन्द्रीय अध्यक्ष अधिवक्ता डेकेन्द्र सुवेदी, आयोजक कमिटीका सचिब गोकुल गौतम, समाजवादी पेशागत कानुन ब्यवसायी संगठनको केन्द्रीय उपाध्यक्ष लक्ष्मण बस्याल, काभ्रे बारका अध्यक्ष विष्णु प्रसाद सापकोटा लगायतको सहभागतिा रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।