पनौती– काभ्रेका युवाहरुलाई लागु पदार्थ र साइबर अपराधबारे सचेतना कार्यक्रम समपन्न भएको छ । शनिबार जिल्ला युवा समिती काभ्रेको आयोजना तथा पनौती नगरपालिका वडा नम्बर–५ को सहकार्यमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भाग्येन्द्र पुरुष ढकालले युवा अवस्थामा बाटो बिराउने सम्भावना बढी हुने भएकोले युवाहरु सचेत हुनुपर्नेमा जोड दिए । समाजमा लागुपदार्थ र साइबर अपराधबारे अझै धेरै माझ बुझाउन बाँकी रहेको र युवाहरु सामाजिक सन्जाल चलाउदा समेत सचेत भएर चलाउनु पर्ने बताए ।
सचेतना कार्यक्रममा प्रशिक्षकको रुपमा पत्रकार केशवराज पौडेलले मनोरञ्जनको नाममा सामाजिक सञ्जाल तथा इन्टरनेटमा उपलब्ध खेल आदिमा समयको दुरुपयोग गर्नुभन्दा बालबालिकाहरूले अध्ययनमा ध्यान केन्द्रित हुन आग्रह गरे ।

कार्यक्रम पछि आफ्नो बडाले सहकार्य गरेको र कार्यक्रमको प्रभावबारे पनौती नगरपालिका ५ का अध्यक्ष बिनोद खत्रीले यस खाले कार्यक्रमले समाजमा लागुपदार्थ दुव्र्यसन र साइबर अपराधलाई कम गर्ने बताए ।
नमोबुद्ध नगरपालिका वडा न २ को वडा अध्यक्ष कबिराज श्रेष्ठले कुनै समय आफू लागुपदार्थ दुव्र्यसनमा फसेको कुख्यात मान्छेको रुपमा समाजले चित्रण गरिएको बताउदै पुनर्जीवन पाएको बताए ।
त्यसैगरि कार्यक्रम समापन गर्दै जिल्ला युवा समिति काभ्रेको अध्यक्ष प्रकाश थापाले समितिले युवाहरूलाई लक्षित कार्यक्रमहरु मध्ये लागुपदार्थ र साइबर अपराध बारेको यो आजको कार्यक्रम प्रभावकारी रहेको बताए । युवाहरुलाई प्रबद्र्धन र रोजगार मुलक सिपको लागि बागमती प्रदेश सामाजिक बिकास मन्त्रालय मार्फत युवा परिषदले धेरै कार्यक्रम युवा लक्षित गरिरहेको बताए ।
कार्यक्रममा करिब ८० जना युवाहरुको सहभागीता रहको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















