महाभारत– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ५ मा गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले एकै साथ दुई अयोजनाको उद्घाटन गरेका छन् । मंगलबार वडा नं. ५ स्थित चाउढिक आधरभुत स्वास्थ्य केन्द्र र चाउढिक चारकिल्ला बृहत खानेपानी आयोजनाको अध्यक्ष जिम्बाले एकै साथ उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गापा अध्यक्ष जिम्बाले जनताको आधारभूत आवश्यकता पूरा गर्न खानेपानी र स्वास्थ्य आफ्नो प्राथमिकतामा परेको बतााए । उनले खानेपानी र स्वास्थ्य जस्तो संवेदनशील कुरामा आफू गम्भिर रहेको र आगामी दिनमा अझ व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जाहेर गरे ।

उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, प्रमुख प्रसासकीय अधिकृत हरि सिं बिस्ट, माओवादी केन्द्रका पालिका इन्चार्ज तथा निर्माण ब्यबसायी सुजन लामा, पुर्ब वडा अध्यक्ष रबिन मोक्तान, माओवादी केन्द्रका जिल्ला नेता कमल मोक्तान लगायतका सहभागी थियो ।

गाउँपालिका अध्यक्ष जिम्बाको पहलमा बृहत खानेपानी आयोजनाको लागि सङ्घिय ससर्त अनुदान तर्फको २ करोड ८० लाख विनियोजन भएको थियो भने स्वास्थ्य केन्द्र निर्माणको लागि ३८ लाख बजेटको व्यवस्था गरेको थियो ।

वडा अध्यक्ष बिजय राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुबास जिम्बाले गरेका थिए ।

खानेपानी आयोजनाबाट २ सय २६ घर धुरी लाभान्वित भएको वडा अध्यक्ष रानाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।