धुलिखले– काभ्रेको धुलिखेल नगरपालिकाले आर्थिक नगरमा अनियमिताबारे प्रश्न उठेपछि छानविन समिति गठन गर्ने भएको छ । नगर प्रमुख अशोक व्याञ्जु र केही वडा अध्यक्षहरुको बैठकले निष्पक्ष छानविन गर्न भन्दै समिति गठन गर्ने निर्णय गरेको हो ।

वडा नं. ९ का वडा अध्यक्ष बद्रीप्रसाद हुमागाईं, वडा नम्बर ८ का वडा अध्यक्ष विनोद गौतम र वडा नम्बर १० का वडा अध्यक्ष गोविन्द प्रसाद उपाध्यायको रोहवरमा यस्तो निर्णय गरिएको थाहा भएको छ ।

सो निर्णय सार्वजनिक समेत भएको छ । निर्णयमा भनिएको छ, ‘धुलिखेल नगरपालिकाको बिषयमा बिभिन्न संचार माध्यम, सामाजिक संजालमा आएका सूचना, धुलिखेल नगरपालिका नगरक्षेत्र भित्रका ३ राजनैतिक दलद्वारा नगरपालिकामा बुझाईएको ज्ञापनपत्र तथा वडाध्यक्ष बद्रीप्रसाद हुमागाईद्वारा प्रस्तुत ध्यानाकर्षण पत्रका सम्बन्धमा निष्पक्ष छानविन गर्न कार्यपालिका सदस्यहरु मध्येबाट छानविन समिति गठन गर्ने, कार्यान्वयन गर्ने विषय र सुधार गर्नुपर्ने बिषय सुधार गर्ने निर्णय गरियो ।’

यस्तो छ निर्णयः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।