तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर तामाङ र उपाध्यक्ष दलमान थोकर सडक अनुगमन गर्न वडा नं. ३ मा पुगेका छन् । गाउँपालिका स्तरीय रणनीतिक सडकको अनुगमन गर्न बुधबार अध्यक्ष तामाङ र उपाध्यक्ष थोकर सो वडामा पुगेका हुन् ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाले एक वडा एक रणनीतिक सडकको अवधारणा अघि सारेको थियो । सोही बमोजिम वडा नं. ३ मा निर्माण भइरहेको गाउँपालिका स्तरीय रणनीतिक सडकको अनुगमन गर्न तामाङ र थोकर पुगेका थिए ।
चैथली कुँडुवाल चेप्टेढुंग हुँदै पालिका जोड्ने सो सडकका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरिएको थियो ।
अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष तामाङले निर्माण कार्य सन्तोषजनक नै रहेको र समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण पक्षलाई निर्देशन दिएको अध्यक्ष तामाङको भनाईलाई उदृत गर्दै वडा अध्यक्ष विष्णुबहादुर लामाले तेमाल अनलाइनलाई बताए । सो सडक निर्माण कार्य मापदण्ड अनुसार नै रहेको वडा अध्यक्ष लामाले बताए ।
अनुगमनमा अध्यक्ष तामाङ, उपाध्यक्ष थोकरका साथमा वडा अध्यक्ष विष्णुबहादुर लामा, प्रमुख इन्जीनियर रामप्रसाद पौडेल, सब–इन्जीनियर किरण ढकाल पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।