काभ्रे– वागमती प्रदेशका खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थ लामा आइतबार तेमाल आउने भएको छ । तेमाल गाउँपालिकाको १३ गाउँ अधिवेशनको उद्घाटन गर्न मन्त्री लामा तेमाल आउने भएको हो ।

गाउँसभालाई लामाले विशेष सम्बोधन गर्ने तेमाल गाउँपालिकाका प्रवक्ता इन्द्रलाल तामाङले तेमाल अनलाइनलाई जानकारी दिए । लामा मन्त्री भइसकेपछि तेमाल गाउँपालिकामा खानेपानी तथा सिंचाई क्षेत्रमाा धेरै बजेट परेको छ ।

गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने र गाउँसभा प्रारम्भ हुने प्रवक्ता तामाङले बताए । तेमाल गाउँपालिकाले पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य र कृषि तथा पशु क्षेत्रमा विशेष महत्व दिइदै आएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।