तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिकाले दिने सबै सेवा प्रवाह आइतबार बन्द रहने भएको छ । आइतबार तेमाल गाउँपालिकाको गाउँसभाको १३ औं अधिविशन हुने भएकोले सेवा प्रवाह बन्द रहने प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद ढकालले जानकारी दिएका छन् ।
सेवा प्रवा बन्द हुने जानकारी दिन ढकालले एक सूचना समेत जारी गरेका छन् ।
‘मिति २०८० साल असार १० गते आइताबारका दिन तेमाल गाउँपालिका गाउँसभाको १३ औं अधिवेशन हुने भएकोले उक्त दिन गाउँपालिकाको कार्यालय र मातहत वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक सेवा बाहेकका सेवा बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति यस गाउँपालिका क्षमाप्रार्थी छ ।’ ढकालद्वारा जारी सूचनमा भनिएको छ ।
यस्तो छ सूचना

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















