बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाबाट दिने सबै सेवा प्रवाह आइतबार बन्द हुने भएको छ । गाउँपालिकाको १३ औं अधिवेशन हुने भएकोले सेवा प्रवाह बन्द हुने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत राजेन्द्र भण्डारीले एक सूचना जारी गरेर अत्यावश्यक बाहेकका सम्पुर्णसेवा बन्द हुने जनाएको छ ।
‘प्रस्तुत विषयमा मिति २०८० साल असार १० गते आइतबारका दिन यस बेथानचोक गाउँपालिकाको गाउँसभा तेह्रौं अधिवेशन हुने भएकाले उक्त दिन गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो योजना प्रकाशित गरिएको छ ।’ सूचनमा भनिएको छ ।
यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















