‘पहिचान वाग्मती र पशुपतिले होइन, तामाङले मागेको’ –लालध्वज

तेमाल– प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद सूर्यमान दोङ (लालध्वज) काभ्रे जिल्लाको तेमालमा आउने भएको छ । तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ को बजेट सार्वजनिक कार्यक्रमलाई उद्घाटन गर्न सांसद दोङ तेमाल आउने भएको हो ।

आइतबार गाउँपालिकाको १३ अधिवेशन तथा नीति तथा कार्यक्रम प्रस्तुत कार्यक्रमको उद्घाटन भने वागमती प्रदेश खानेपानी, सिंचाइ तथा उर्जा मन्त्री तिर्थ लामाले गरेका थिए ।

तेमालबासी समेत रहेका सांसद दोङले यस क्षेत्रको विकास निर्माणको कार्यमा जनयुद्धकाल देखि नै सक्रियता देखाउँदै आइरहेको छ । यस भेकको सडक पूर्वाधान निर्माण, बृहत खानेपानी आयोजना, विद्युतिकरण लगायतका रणनीतिक तथा दिगो विकासका महत्वपूर्ण क्षेत्रका निरन्तर नेतृत्व गर्दै आइरहेको छ ।

काभ्रे जिल्लाको प्रभावशाली नेताको रुपमा परिचित दोङ ३ दशक भन्दा बढी समेत देखि माओवादी राजनीतिमा सकृय रहँदै आएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।