पाँचखाल– काभ्रे जिल्लको पाँचाखल नगरपालिकाको १३ औं नगरसभामा नगर प्रमुख महेश खरेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । प्रमुख खरेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास अन्तर्गत कृषि र पशुमा मुख्य जोड दिएको छ ।

नीति तथा कार्यक्रममा कृषि उपजको पकेट क्षेत्र विकासमा विशेष प्राथमिकता दिइ कृषि उत्पादकत्व बृद्धि गर्न सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरेको छ । चिस्यान केन्द्र स्थापना देखि खेती योग्य जमिनको खण्डिकरणलाई निरुत्साहित गरी खेती योग्य जमिनमा व्यवसायिक रुपमा खेती गर्ने र गैर कृषि योग्य जमिनमा आवास क्षेत्र विस्तारलाई प्राथमिकता दिइने समेत नीति लिएको छ ।

कृषि
१. कृषि उपजको पकेट क्षेत्र विकासमा विशेष प्राथमिकता दिइ कृषि उत्पादकत्व बृद्धि गर्न सशर्त अनुदान उपलब्ध गराउने व्यवस्था गरिने छ ।

२.खेती योग्य जमिनको खण्डिकरणलाई निरुत्साहित गरी खेती योग्य जमिनमा व्यवसायिक रुपमा खेती गर्ने र गैर कृषि योग्य जमिनमा आवास क्षेत्र विस्तारलाई प्राथमिकता दिइनेछ ।

३ कृषि उत्पादन एवम् उत्पादकत्व वृद्धि तथा व्यवसाय प्रवर्द्धनमा आवश्यक कृषि ऋण प्रवाहलाई वीत्तीय संस्था मार्फत उत्पादन तथा व्यवसायको प्रतिफलसँग आबद्ध गर्दै लगिनेछ ।

४. तथ्याङ्कमा आधारित रही कम जमीन हुने तथा कम स्रोत साधन भएका साना किसानहरुको पहिचान र वर्गीकरण गरी अभिलेख व्यवस्थापन गरिनेछ । साथै वास्तविक किसानहरुको जीवनस्तर सुधारका लागि लक्षित कार्यक्रमहरुलाई प्राथमिकता दिइनेछ ।

५. बढी मुल्य पर्ने, कम तौल तथा उच्च गुणस्तर भएका एवम् सम्भावना बोकेका कृषि वस्तुहरुको पहिचान गरी तुलनात्मक लाभ लागतका आधारमा क्षेत्र विस्तार एवं यान्त्रिकरण र व्यवसायीकरण मार्फत आत्मनिर्भरता तर्फ उन्मख गराईने छ ।

६. कृषकको आवश्यकता पहिचान गरी कृषक र कृषि प्राविधिकहरुको क्षमता अभिबृद्धिका योजनाहरु निर्माण गरिनेछ ।

७. स्थानीय रैथाने बालिको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिने छ ।

८. प्राङ्गारिक खेती प्रविधिद्धारा उत्पादित कृषि उपजहरुको निकासी हुने आधार तयार गर्न त्यस्ता वस्तुहरुको गुणस्तर प्रमाणीकरणको नीति अवलम्बन गरी प्राङ्गारिक खेतीलाई प्रोत्साहन गरिनेछ । निजी लगानी संघ तथा प्रदेशको सहभागितामा जैवीक मल विषादी उद्योग स्थापना गर्न प्राथमिकता दिइनेछ ।

९. सहकारीमा आधारित कृषि उद्योग एवं व्यवसायको प्रवर्द्धनमा प्राथमिकता दिइनेछ ।

१०. रासायनिक विषादी न्यूनीकरण गरी हरित उत्पादनलाई प्रवर्द्धन गर्न गुणस्तरीय वानस्पतिक विषादी घर घरमा बनाउन कार्यलाई अभियानकै रुपमा सञ्चालन गर्ने नीति लिइनेछ ।

११. कृषिमा महिलाको पहुँच वृद्धि गर्न हरित महिला औद्योगिक ग्राम संचालन कार्यलाई केन्द्र विन्दुमा राखिनेछ ।

१२. पाँच वर्षभित्र बहुउद्देश्यीय सुविधासम्मपन्न चिस्यानकेन्द्र स्थापनाका लागि पहलकदमी लिइनेछ ।

१३. कृषि योग्य जमिनको संरक्षणका लागि जग्गा खण्डीकरण गर्ने कार्यलाई निरुत्साहित गर्दै चक्लाबन्दीमा जोड दिई एकिकृत खेति प्रणालीलाई प्रवर्द्धन गर्ने र त्यस्तो जमिनमा भौतिक संरचना निर्माण गर्न स्वीकृति नदिइने नीतिलाई कडाइका साथ कार्यान्वयन गरिनेछ ।

पशुपंछी

१. सफा, स्वच्छ दुध र मासु उपभोक्ता सम्म पु–याउन मासुको लागि निजी क्षेत्रलाई कर छुट एवं सहुलियत दिई ब्यबस्थित पशु बधशाला र कोल्ड स्टोरेज निर्माण गरि बिक्री बितरण गर्ने ब्यबस्था मिलाईने छ र त्यस्तै स्वच्छ दुध उत्पादनको लागी कृषकहरुलाई तालिम र उपकरणहरु वितरण गरिने छ ।

२. गरिबि न्युनिकरण र रोजगरी सिर्जनामा प्रत्यक्ष सहयोग पुराउने प्रकृतिका ब्यबसायहरु जस्तै कुखुरा पालन, बाख्रा पालन, बंगुर पालन, गाई भौसी पालन, खरायो पालन, उन्नत घाँस तथा डाले घाँस नर्सरी स्थापना, बीउ उत्पादन श्रोत केन्द्र स्थापना जस्ता ब्यबसायलाई प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।

३. पशु नश्ल सुधारका लागी गाई, भैंसी, बाख्रामा कृत्रिम गर्भाधान लगायत बाख्रामा जातिय सुधारलाई बढी प्रभावकारी बनाउन प्राकृतिक गर्भाधानको लागी उन्नत जातको बोका वितरण कार्यलाई प्रोत्साहित गरिने छ । साथै पाँचखाल नगरपालिकालाई दुध, अण्डा तथा मासुमा आत्मनिर्भरताको दिशामा आगामी कार्यक्रमहरु निर्देशित हुनेछन् ।

४. नगर क्षेत्र भित्र पशुपंक्षीको स्वास्थ्य परिक्षणको र खोपको लागी सार्वजनिक निजी साझेदारीमा एक प्रयोगशाला निर्माणको कामलाई प्राथमिकता दिइने छ ।

 उद्योग तथा वाणिज्य

१. नगरपालिका क्षेत्रभित्र सञ्चालित सबै ब्यवसायहरुलाई दर्ता प्रकृयामा ल्याई नगरपालिकाको आन्तरिक स्रोतमा व्यवसाय करको योगदान बढाउने नीति अवलम्बन गरिनेछ ।

२. स्थानीय कृषि तथा पशुजन्य उत्पादनमा प्रयोग हुने घरेलु तथा साना उद्योगहरु सञ्चालनलाई प्रोत्साहन गरिनेछ ।

३. नगरमा विशेष आर्थिक क्षेत्र, हरित महिला औद्योगिक ग्राम निर्माणाधिन छन् । यस्ता क्षेत्रभित्र श्रृजना हुने रोजगारीहरुमा स्थानीय बेरोजगार युवायुवतीहरु, विदेशबाट फर्केका नागरिकहरुको संलग्नतालाई सुनिश्चित गरी प्रत्यक्ष÷अप्रत्यक्ष बेरोजगारीलाई न्यूनीकरण गर्दै स्थानीयहरुको रोजगारीमा पहुँच वृद्धि गरिनेछ ।

४. स्थानीय उत्पादित कृषि तथा वनमा आधारित कच्चा पदार्थको प्रयोग गर्ने नयाँ उद्योगहरुलाई सञ्चालनमा आएको २ वर्षसम्म सत प्रतिशत स्थानीय करमा छुट दिने र थप ३ वर्षसम्म ५० प्रतिशत करमा छुट दिने नीति लिइनेछ । कम्तिमा १० जना स्थानीयलाई सो अवधिभर रोजगारी दिने नयाँ उद्योगहरुलाई पनि सोही सरहको सुविधा उपलब्ध गराइनेछ ।

५. ५० जना भन्दा बढी स्थानीयहरुलाई रोजगारी दिने नयाँ स्थापना हुने उद्योगहरु सम्म पहुँच मार्ग, विद्युत्त तथा पानीको व्यवस्था गरिनेछ ।
६. एक वडा एक उद्योग स्थापना र सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरी लगानीकर्ताहरुलाई आकर्षित गर्न सुविधा दिई लगानी सम्मेलनको आयोजना गरिनेछ ।

संस्कृति तथा पर्यटन

१. नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक जग्गाहरुलाई संरक्षण÷सम्बर्द्धन गर्ने तथा पर्यटन विकासका लागि संभावित सामुदायिक वन क्षेत्रका जग्गाहरु पर्यटन प्रवर्द्धनका लागि उपयोग गर्न कानूनी व्यवस्था मिलाइनेछ ।

२. बाह्य तथा आन्तरिक पर्यटन प्रवर्धनका लागि जानकारी तथा प्रचार प्रसार स्वरुप राष्ट्रिय स्तरको संचार माध्यमहरुको सहकार्यमा पाँचखाल नगरपालिकाको पर्यटकीय, धार्मिक, सामाजिक, साँस्कृतिक तथा मौलिक परम्परा झल्कने श्रब्यदृष्य पार्श्वचित्र बनाई सोको प्रचार प्रसारमा आवश्यक बजेटको व्यवस्था गरिनेछ ।

३. ऐतिहासिक महत्व बोकेको पलाञ्चोक भगवतीको मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृत गर्न विशेष पहल गरिनेछ । पलाञ्चोक भगवती क्षेत्र विकास गुरुयोजना तयार गरिनेछ ।

४. अनैकोटमा रहेको भ्यू टावरसम्मको पहुँच मार्ग स्तरोन्नती भइरहेकोमा त्यसलाई निरन्तरता दिई त्यस क्षेत्रमा पर्यटकीय पार्कको विकासका लागि संघ ÷प्रदेश सरकारसँग साझेदारी गरिनेछ ।

५. पाँचखाल नगरपालिका र यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यहरुलाई समेट्ने गरी पर्यटन विकास रणनीति तयार गरी कार्यान्वयन गर्दै लगिनेछ ।

६. प्यराग्लाइडिङ, केवलकार, जिपलाइन जस्ता पर्यटन व्यवसाय विकासकालागि आवश्यक पर्ने पूर्वाधार विकास गर्न निजी क्षेत्रसँग आवश्यक सहकार्य गरिनेछ ।

७. स्थानीय साँस्कृतिक क्षेत्र, जात्रा एवं पर्वको संरक्षण एवं प्रवर्धनमा जोड दिईनेछ ।

८. नगरक्षेत्र भित्रका विभिन्न जनजातिहरुको परम्परागत पेशा, भेषभूषा तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्द्धनलाई प्राथमिकता दिइनेछ ।

श्रम तथा रोजगार

१. बढ्दो बेरोजगारीको समस्याले सिर्जना हुन सक्ने सामाजिक विकृती, विसंगती तथा भोकमारी जस्ता समस्याहरुको दिर्धकालिन समाधानको लागि सबै वडाका बेरोजगारहरुको लगत तयार गरी श्रम बैंक स्थापना गर्ने र कामका लागि खाद्यान्न कार्यक्रम एवम् प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रमसँग बेरोजगारहरुलाई आवद्ध गरिने छ ।

२. स्थानीय स्तरमा श्रममुलक आयोजना निर्माण गरी बेरोजगार जनशक्तिलाई रोजगारीको अवसर प्रदान गरिने छ ।

३. विभिन्न कारणले रोजगारी गुमाएका र वैदेशिक रोजगारीबाट फर्केका नगरवासीले उद्योग तथा व्यवसाय सञ्चालनार्थ बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याजमा यस नगरपालिकाको समेत संलग्नता रहन सक्ने गरी बैंक तथा वित्तिय संस्थासँग समन्वय गर्दै उद्यमशिलतामा जोड दिइनेछ ।

वित्तिय सेवा र सहकारी

१. किसान तथा साना व्यवसायीहरुलाइ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंक तथा वित्तिय संस्थाहरुसँग समन्वय गरिनेछ । सहकारी मार्फत चक्ला बन्दी खेती प्रणालीको अवधारणा अगाडि बढाईने छ ।

२. सहकारी क्षेत्रको प्रवर्द्धन, विकास तथा नियमनलाई व्यवस्थित गर्न डिजिटल सहकारीको नीतिलाई कार्यान्वयन गर्न सहकारीहरुलाई कोपोमिस प्रणालीमा आवद्ध गर्दै विद्यमान प्रणालीमा सुधार ल्याइने छ र सहकारी सदस्य संख्या तथा पूँजीलाई समेत वृद्धि गर्दै लगिनेछ ।

३. शिक्षा, स्वास्थ्य, यातायात, कृषिजन्य वस्तुको उत्पादन, खरिद बिक्रि तथा सुपथ मुल्य पसल खोल्न सहकारी संस्थालाई प्रोत्साहन गरी नगरपालिकाबाट सहजीकरण गरिनेछ ।

युवा, शिक्षा, खेलकुद तथा मनोरञ्जन

१. विद्यार्थी संख्या र विषयगत रुपमा दरवन्दी मिलान तथा विद्यार्थी संख्या कम भएको विद्यालयलाई क्रमशः नजिकको विद्यालयमा मर्ज गरि पठनपाठनलाई व्यवहारिक, प्रयोगात्मक र प्रभावकारी बनाईने छ । शिक्षालाई दैनिक जीवनपद्दतिसँग आवद्ध गरी पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गरिने छ ।

२. विद्यार्थीहरुको बहुआयामिक प्रतिभा विकासका लागि नगरस्तरीय खेलकुद प्रतियोगितालाई विस्तार गरिनेछ ।

३. नगरको शैक्षिक स्तर बृद्धि गर्न निजी शैक्षिक संस्था र सामुदायिक विद्यालयहरु बीच आपसी समन्वय गरी दुवैको राम्रा पक्षहरुलाई अवलम्वन गर्ने वातावरणको निर्माण गरिनेछ ।

४ पाँचखाल इण्डिपेण्डेण्ट स्कूल डिस्ट्रिकको अवधारणा अनुसार पाँचखाललाई शैक्षिक हवको रुपमा विकास गर्ने नीति लिईने छ ।

५ विद्यार्थी तथा अभिभावकहरुको अंग्रेजी भाषाप्रतिको रुचीलाई आत्मसाथ गर्दै एक वर्ष एक कक्षा अंग्रेजी माध्यमबाट पठानपाठन कार्यक्रमलाई सम्बोधन गर्न अंग्रेजी माध्यमबाट पठनपाठन गर्ने सामुदायिक विद्यालयलाई प्रोत्साहन र शिक्षकको लागि विशेष प्रशिक्षणको व्यवस्था गरिने छ ।

६. चालु आ.व.मा जस्तै शिक्षा क्षेत्रमा सक्षम र उर्जावान जनशक्तिको आपूर्ति गर्न कार्यरत शिक्षकका लागि सुनौलो अवकास योजनालाई निरन्तरता दिइने छ ।

७. किंग्स कलेजको सहकार्यमा उद्यमशीलतामा केन्द्रित भएको पाँचखालको वास्तविकता र आवश्यकतामा आधारित कम्यूनीभर्सिटीको स्थापना गरिनेछ ।

८. विद्यार्थीहरूलाई प्रविधिमा सक्षम र सचेत बनाउन प्रयत्न गरिनेछ ।

९. यस नगरलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्नकालागी निजि, सामुदायिक सरकारी विधालय तथा विश्वविद्यालयहरुलाई जग्गा उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।

१०. काठमाण्डौ विश्वविद्यालय र मदनभण्डारी विश्वविद्यालय जस्ता ठूला विश्वविद्यालयहरुलाई यस नगरमा स्थापना गरी सञ्चालन गर्ने सबै प्रकारका सहयोगी तथा आवश्यकीय भुमिकाका लागि पहल कदमी गरिनेछ ।

११. नगरपालिका र विद्यालयहरुको सहकार्यमा “विद्यालय विद्यार्थी आय आर्जन कार्यक्रम“ संचालन गर्न सामुदायिक विद्यालयहरुलाई प्रोत्साहन गरिनेछ ।

१२. चिकित्साशास्त्र अध्ययनमा नाम निकाल्न सफल नगरक्षेत्रका जेहन्दार विद्यार्थीलाई प्रत्येक वर्ष एकजना एकपटक नगर कार्यपालिकाले तोके बमोजिमको शैक्षिक अनुदान रकम उपलब्ध गराउने नीति लिइनेछ ।

स्वास्थ्य

१. नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुमा दरवन्दी अनुसार स्वास्थ्यकर्मीहरुको व्यवस्था गरी तोकिएबमोजिम आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गरिने छ

२. मोतियाबिन्दुको निशुल्क स्क्रिनिङ्, अप्रेशन, बृद्ध असक्त र सुत्केरी महीलाहरुको लागि निशूल्क एम्वुलेन्स सेवा, गर्भवती महिलाहरुलाई निशुल्क ग्क्न् सेवा, क्याल्सियम, फोलिक एसिड निशुल्क रुपमा वितरण, मानसीक रोगको निशुल्क परिक्षण, वृद्ध वृद्धाहरुलाई निशुल्क दाँत राख्ने, परामर्श तथा उपचार, नसर्ने रोगको निदानका कार्यक्रमहरु सञ्चालन गर्ने, निशुल्क पाठेघर जाँच तथा शल्यक्रिया ल्याव विस्तार तथा नगरको पोषणको अवस्थालाई सुधार गर्न आवश्यक कार्यक्रमहरु निर्धारण गरिने छ ।

३. अति विपन्न तथा अपाङ्ग नागरिकहरु तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई नगरपालिकाबाट निशुल्क बिमा गराउने कार्यलाई निरन्तरता दिइनेछ । साथै प्रचार प्रसार अभियान मार्फत धेरै भन्दा धेरै नगरवासीहरुलाई स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुन प्रेरित गरिनेछ । स्वास्थ्य क्षेत्रमा अभिभावकीय भुमिका निर्वाह गर्दै आउनु भएका मिहला स्वास्थ्य स्वयं सेविकाहरुलाई उपलब्ध गराउँदै आएको यातायत खर्चको व्यवस्थालाई निरन्तरता दिइनेछ ।

४. आ.व. २०७९÷८० मा तोकिएका रोगहरुमा दिइदै आएको आर्थिक सहायतालाई प्रतिस्थापन गर्न मापदण्ड निर्माण गरी अति विपन्नको सूचीमा परेका घर परिवारहरुको पारिवारिक स्वास्थ्य विमालाई अभियानको रुपमा सञ्चालन गरिनेछ ।

लैंगिक समानता तथा सामाजिक समावेशीकरण

१. बालमैत्री नगरपालिका घोषणाको लागि आवश्यक तथ्यांकहरु यसै आ.व. देखी संकलन गर्दै आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ र यस कार्यक्रमका लागि सहयोगी तथा साझेदार संस्थाहरुको समेत सहयोग लिइनेछ । निर्माणाधीन तथा भविष्यमा बन्ने सरकारी कार्यालयहरुलाई अपाङ्ग मैत्री बनाईनेछ ।

२. लिङ्ग, भाषा, धर्म, जात, क्षेत्र वा कुनै पनि विषयको आधारमा भेदभाव वा असमानता हुन दिईने छैन । साथै बालमजदुर मुक्त नगरपालिका घोषणाको लागि तयारी गरिनेछ ।

३. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयमा समुदाय स्तरमा जनचेतना विस्तारका कार्यक्रमलाई प्राथमिकताका दिइनेछ ।

४. महिला तथा अन्य लक्षित वर्ग केन्द्रित कार्यक्रमहरु मार्फत मूलप्रवाहिकरण गर्ने नीति अवलम्वन गरिनेछ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक र सामाजिक सुधार

१. समुदाय तथा संघ संस्थाहरुको सहयोगमा लागू औषध रोगथाम र नियन्त्रण तथा घरेलु हिंसाका गतिविधिहरुमा रोक लगाईनेछ ।

२. “नगरवासी जुटौं, बालविवाह रोकौं” जस्ता कार्यक्रम मार्फत बालविवाह रोकथाम कार्यक्रम सञ्चालन गरिनेछ, बालमैत्री नगरपालिका घोषणा, किशोरीहरुको आत्मसुरक्षा, मनोसामाजिक तथा अन्य परामर्श, अन्य जीवनोपयोगी तालिमहरु व्यवस्था गरी विद्यमान सामाजिक विसंगती र कुकृतिलाई निरुत्साहित गरिनेछ ।

३. नगरका जेष्ठ नागरिकहरुको अन्तरक्रिया कार्यक्रमबाट परम्परागत ज्ञान र सीपको प्रवर्धन गरिने छ ।

४. नगर स्तरीय कोसेली घर स्थापना गरी यहाँका नागरिकहरुले उत्पादन गरेका परम्परागत र विशेष वस्तुहरुको प्रदर्शनी र बिक्रिका लागि व्यवस्थापन गरिएको कोसेली घरको स्तरउन्नती गर्दै आवश्यकता र पहिचालको आधारमा थप कोसेली घर स्थापना गर्दै विक्रि प्रवन्ध मिलाउदै लगिनेछ ।

५. अपाङगता भएका व्यक्तिहरुलाई परिचय पत्र, स्वास्थ्य लगायतका आवश्यक सहयोगी सेवाहरु सर्वसुलभ बनाउन घुम्ति शिविर तथा जिवीकोपार्जन सम्बन्धी तालिम सञ्चालन र नीजहरुले उत्पादन गरेका सामग्रीहरुको बजारीकरण गर्ने व्यवस्था मिलाईने छ।

६. नगरपालिकाको सहकार्य र समन्वयमा बाबु आमा तथा अविभावकको मृत्यु भई वा अन्य कारणले असहाय भएका वा सडकमा बेवारिसे अवस्थामा रहेका बालबालिकाको उद्धार तथा संरक्षण गरिनेछ ।

७. महिलाहरुको लागि क्षमता अभिवृद्धि साथै व्यवसायिक तालिमको व्यवस्था गरिनेछ ।

संघ संस्था समन्वय

सरकारी तथा गैर सरकारी संघस्थाहरुको समन्वयमा कार्यक्रमहरु संचालन गर्न म्याचिङ फण्डको व्यवस्था गरी संघ संस्थाहरु आकर्षण गर्ने नीति अवलम्बन गरी थप कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

न्यायिक समिति

१.न्यायिक समितिलाई व्यवस्थित र साधन सम्पन्न बनाई छिटो छरितो न्याय सम्पादन हुने व्यवस्था मिलाइने छ ।

२.सामुदायिक मेलमिलापलाई प्राथमिकता दिँदै न्यायिक समितिमा परेका उजुरीहरुलाई मेलमिलापको माध्यमबाट समाधान गरिनेछ ।

३. चालु वर्षमा घरेलु हिंसा र जेष्ठ नागरिकको पालनपोषण तथा हेरचाह सम्बन्धी विवादलाई न्यायिक समितिले प्राथमिकताका साथ छिटो छरितो रुपमा निरुपण गरिँदै आएकोमा आगामी दिनमा यसलाई निरन्तरता दिईनेछ ।

४. सबैको न्यायमा पहुँच र दिगो शान्ति स्थापनलाई प्राथमिकतामा राखिनेछ ।

सडक तथा पूल

पाँचखाल नगरपालिकाको सबै वडा कार्यालयहरु, विद्यालयहरु, स्वास्थ्य संस्था महत्वपूर्ण, धार्मिक स्थल एवं वस्तीहरुमा पक्कि सडकको पहुँच पु–याउने गरी योजना तर्जुमा गरिनेञछ ।

चालु आवमा निर्माणको चरणमा रहेका पुर्वाधार विकास अन्तर्गतका विभिन्न योजनाहरु सकेसम्म यसै आ.व.मा फरफारक गर्ने र कारणबस फरफारक हुन नसक्ने योजनाहरुको दायित्व आव २०८०÷८१ मा सारी तिनीहरुलाई पूर्णता दिइनेछ ।

दुई वा सो भन्दा बढी वडा तथा अन्य नगरपालिकालाई जोड्ने कम्तिमा २ वटा सडकहरुलाई रणनितिक सडकको रुपमा छनौट गरी ५ वर्ष भित्र दीगो रुपमा स्तरोन्नती गर्ने र बाह्रै महिना सञ्चालन हुने सक्ने गरी निर्माण गरीनेछ ।

पक्कीरुपमा निर्माण भैसकेका सडकहरुलाई क्षति हुन नदिई बाह्रै मिहना सुचारु गर्नका लागि खडा गरिएको मर्मत सम्भार कोषको व्यवस्थापन तथा परिचालनको उचित प्रवन्ध मिलाइने छ ।

सिंचाई

पाँचखाल नगरपालिकाको सिंचाइको लागि मुख्य श्रोतको रुपमा रहेको झिकु लगायत अन्य खोलाको विभिन्न स्थानमा साना÷ठुला बाँध निर्माण गर्ने र निर्माण भैसकेका राजकुलो लगायत अन्य प्रचलनमा रहेका सिंचाई कुलोहरुको स्तरोन्नति कार्यलाई निरन्तरता दिई सिंचाइको अवस्थालाई सुदृढ गरिनेछ ।

प्राकृतिक रुपमा पानीको संचितिकरणको लागि साना ठ्ला ताल पोखरी निर्माण कार्य प्राथमिकता दिइनेछ ्र इनार, लिफ्ट, डिपबोरिङको माध्यमबाट सिंचाईको प्रवन्धलाई सुदृढ तुल्याईने छ ।

भवन तथा शहरी बिकास

यस नगरपालिकामा अन्तराष्ट्रिय स्तरको व्यवस्थित शहर, फोहर मैला व्यवस्थापन, बसपार्क जस्ता पूर्वाधार परियोजनाहरु निर्माण, विकास तथा व्यवस्थापनको लागि गठित नगर विकास समिति मार्फत परियोजनाहरुको अध्ययन अनुसन्धान, लागानी लगायतका कार्यमा नेपाल क्ष्लाचबकतचगअतगचभ द्यबलप, नगर विकास कोष लगायतका संस्थाहरुसँग सहकार्य गर्ने ।

खानेपानी तथा सरसफाई

१. सवै घरमा खानेपानीको पहुँच पु¥याउन चालु आ.व.मा संचालित खानेपानीका आयोजनाहरुलाई आगामी आ.व.मा समेत निरन्तरता दिई पूर्णता दिइनेछ ।

२. पाँचखाल नगरपालिका क्षेत्रमा सरसफाईका लागि श्रोतमा नै फोहोरको वर्गिकरण गरी निजी क्षेत्रको साझेदारीमा फोहोर मैला व्यवस्थापनको आवश्यक व्यवस्था मिलाईनेछ ।

३. नयाँ निर्माण हुने घर तथा भवनहरुको नक्सा पास गर्दा नै सेफ्टीट्याङ्की अनिवार्य राख्नपर्ने गरी व्यवस्था मिलाइने छ।
४. जमिन रिचार्ज गर्न पिटहोल  नक्सा पास गर्दा अनिवार्य गरिनेछ ।
५. लेदोजन्य पदार्थको व्यवस्थापन गरिनेछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।