तेमाल– प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का सांसद तथा पूर्ल राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले तेमाल गाउँपालिका वडा नं. ९ का किसानहरुलाई कागतीको विरुवा वितरण गरेका छन् । कृषि ज्ञान केन्द्र काभ्रेको कागती प्रबद्र्धन कार्यक्रम अन्तर्गत सोमबार सांसद दोङले कागतीको विरुवा किसानहरुलाई वितरण गरेका हुन् ।

छारह्युल कृषि सहकारीको आयोजनामा भएको सो वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दोङ निर्वाहमुखी खेतीपातीबाट अब व्यवसायीक खेतीपाती तिर लाग्नुपर्ने भएकोले रज्यले अब सबैलाई उद्यमी बनाउने बताए । कृषिलाई व्यवसायीकरण गर्न सबै किसानहरुले कृषिमा प्रविधि, आधुनिकता र सामुहिकतामा जोड दिनुपर्ने बताए ।

किसानहरुको साथमा सधैं रहने बताउँदै दोङले अर्को योजनाको लागि आफूले भरपूर सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।

कम्तिमा ३ हेक्टर जमिनमा कागती रोप्नुपर्ने यो कार्यक्रम अन्तर्गत वडा नं. ९ को विभिन्न स्थानमा कागतीको विरुवा रोप्ने छारह्युल कृषि सहकारी संस्थाका अध्यक्ष सूर्यबहादुर लामाले जानकारी दिए । अन्य बाली भन्दा कागती प्रभावकारी हुनेमा किसानहरु विश्वस्त रहेको लामाले बताए ।

वितरण कार्यक्रममा संस्थाका सचिव ङेमादेर्जे थोकर, सदस्य जगतलाल तामाङ लगायतका सहभागी थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।