माल्टा– माल्टामा नेकपा (माओवादी केन्द्र) निकट जनप्रगतिशील मञ्च गठन भएको छ । बुधबार भएको एक भेलाले नारायण प्रसाद अधिकारीको संयोजकत्वमा १४ सदस्यीय कमिटी गठन गरिएको हो ।
जनप्रगतिशील मंच युएईका युवा संयोजक तथा एनआरएनका सचिव राजेन्द्र रोस्याराको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
भेलाले सचिवमा अशिम लोप्चन तामाङलाई चयन गरेको छ भने सदस्यहरुमा बिक्रम अधिकारी, अर्जुन न्यौपाने, बिनय बुढाथोकी, दिनेश नागरी, सुरेन पाठक, अम्बिका सापकोटा अधिकारी, बिस्णु चापागाईं, सरोज सुवेदी, राम पन्थी, बिपिन मल्ल, रुद्र कार्की र अशुन दर्लामी रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























