बनेपा– क्रान्तिकारी कम्युनिष्ट पार्टीको काभ्रे जिल्ला अधिवेशन सम्पन्न भएको छ । मंगलबार अर्धमूमिगत रुपमा बनेपामा सो पार्टीको एकताको अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) बीच एकता भएपछि क्रान्तिकारी कम्युनिष्ट पार्टी गठन गरिएको थियो । अधिवेशनमा दुवै समूहका जिल्ला सदस्यहरु मात्र सहभागी गराइएको बुझिएको छ ।
अधिवेशनको उद्घाटन पार्टी केन्द्रिय कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सदर्शन)ले गरेका थिए । अधिवेशनमा नेता ओलीले नेपाली क्रान्तिको फौजी कार्यदिशा निर्माण गर्न लागेको आफ्ना कार्यकर्तालाई जानकारी दिए ।
अधिवेशनले माधव गौतमलाई संयोजक र डिपी अधिकारीलाई सहसंयोजकमा चयन गर्दै ७५ सदस्यीय जिल्ला समिति चयन गरेको स्रोत बताएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















