मण्डनदेउपुर– काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकामा बैदेशिक रोजगारमा २२ सय ९१ जना रहेका छन् । सामी परियोजना सम्बन्धि नगरपालिकाका जनप्रतिनिधिहरुसँग गरिएको अन्तरक्रिया कार्यक्रममा बैदेशिक राजगारमा रहेका र फर्केकाहरु संख्या सार्वजनिक गरेको छ ।

मण्डनदेउपुर नगरपालिकाबाट बैदेशिक रोजगारमा गएका र फर्किएका ब्यक्तिहरुको अवस्थाकाबारे अन्तरक्रिया तथा पाश्र्वचित्र छलफल कार्यक्रम को आयोजना गरिएको थियो ।

नगरपालिकाको आयोजनामा भएको सो कार्यक्रममा नगरप्रमुख टोक बहादुर वाईबा, उपप्रमुख विष्णुमणि नेपाल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिका कर्मचारी सहभागी थियो ।

हाल मण्डनदेउपुर नगरपालिकामा बैदेशिक रोजगारबाट फर्केको संख्या २१ सय २४ जना रहेको जानकारी गराएको थियो । नगरपालिकाको १२ वटा वडा मध्ये सबभन्दा बढी वडा नम्बर ७ बाट बैदेशिक रोजगारमा गएको तथ्यांका रहेको छ । त्यसैगरि नगरपालिकाबाट सबैभन्दा बढी मलेसिया गएका छन् भने फर्किनेको संख्या पनि मलेसियाबाटै रहेको छ ।

बैदेशिक रोजगारबाट फर्किएका मध्ये अधिकांश कृषि पेसामा आबद्ध रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।