काभ्रे- वागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य शालिकराम जमकट्टेलले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरुद्धको अभियानबाट सबैभन्दा धेरै एमाले आत्तिएको बताएका छन् । पछिल्लोच चरणमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को राजीनामा मागेपछि मुख्यमन्त्री जमकट्टेलले यस्तो बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो भनाई सार्वजनिक गर्दै जमकट्टेलले तिललाई पहाड बनाउने र बितन्डता मच्चाउने काम एमाले गरिरहेको बताउँदै हरेक भ्रष्टाचार काण्डमा एमालेका नेता र उसका नजिकका मान्छे देखिने गरी मुछिएको आरोप समेत लगाएका छन् ।

‘तिललाइ पहाड बनाउने र बितन्डता मच्चाउने काम एमाले गरिरहेको छ । यसको प्रमुख कारण भनेको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको राम्रो कामबाट एमाले धेरै अत्तालिएको छ । सरकारले शुरू गरेको भ्रष्टाचार बिरूद्दको अभियानबाट सबै भन्दा धेरै एमाले आत्तिएको छ ।’ फेसबुकमा जमकट्टेलले लेखेका छन्, ‘हरेक भ्रष्टाचार काण्डमा एमालेका नेता र उसका नजिकका मान्छे देखिने गरी मुछिएका छन् । प्रधानम्त्रीको नाम सुन्न नचाहने केपी ओली नक्कली भुटानी शरणार्थी प्रकरणको बेलामा बालुवाटार कस्लाई जोगाउन दौडदुप गरेका हुन । यसको जानकारी सम्माननीय प्रधानमन्त्री ज्युले अब जनतालाई दिनु पर्दछ । अब छानबिन हुने चर्चामा आएका भ्रष्टाचार काण्डहरू त सबै एमाले नेतृत्वको सरकारको पालामा मात्रै भएको छ । एमाले कति राष्ट्रबादी छ भन्ने तथ्य इतिहास साक्षी छ । माहाकाली सन्धी लगाएतका थुप्रै राष्ट्रघाती काममा एमाले नेतृत्व सह्भागी छ । एमाले माओबादी भन्दा राष्ट्रबादी न हिजो थियो न आज छ न भोली हुनेछ ।’

एमालेले सरकारको बिरोधको नाममा सम्पुर्ण सिस्टमलाई ध्वस्त पार्ने काम गरिरहेको समेत उनले आरोप लगाएका छन् ।

‘प्रतिनिधीसभा र प्रदेशसभाहरूमा एमाले प्रतिपक्षमा छ । तर उसले रबाफ सत्तापक्षको जस्तो देखाउन खोज्दछ । प्रतिनिसभा र प्रदेशसभा उसको अभिब्यक्ति र उत्छृंखलता हेर्दा यति धेरै बिक्षिप्त देखिन्छ कि आक्रोश, प्रतिशोध र कुण्ठाले जलिरहेको देखिन्छ एमाले । यो सिस्टममा प्रतिपक्षलाई ‘वेटिङ गोभर्नमेन्ट’ हो भनिन्छ र प्रतिपक्षले धैर्यता गर्दछ । एमालेले सरकारको बिरोधको नाममा सम्पुर्ण सिस्टमलाई ध्वस्त पार्ने काम गरिरहेको छ ।’ उनले भनेका छन्, ‘पशुपतिको जलरी प्रकरणमा केपी ओलीको नाम लिन नहुने, संसदको रेकर्डबाट हटाउनु पर्ने । यो भन्दा निरंकुश चरित्र अरू केही हुन्छ ? बहुमतको प्रघानमन्त्रीलाई सकेसम्म संसदमा बोल्नै नदिने । बोल्न शुरू गरेपछि होहल्ला गर्ने । प्रधानमन्त्रीले बोलुनजेल कुरा सुन्ने धैर्यता गर्न नसक्ने । बजेट पास गर्दा अहिलेसम्म नभएको मत बिभाजनको प्रकृया अप्नाउने ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।