बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका पशु चौपायमा महामारीको रुपमा लागेको लम्पी स्किन रोग नियन्त्रण गर्न प्रतिबद्ध रहेको जनाएको छ । नि. प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ दाहालले एक सूचना जारी गर्दै उक्त कुरा बताएका हुन् ।
दाहालले यो महामारीको समयमा पशु चौपायको विक्रि वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन समेत सम्बन्धित सबैमा अपिल गरेका छन् ।
‘प्रस्तुत विषयमा देशव्यापी रुपमा पशु चौपायहरुमा फैलिरहेको महामारीजन्य संक्रमक लम्पी स्किन रोग यस गाउँपालिका अन्तर्गतका विभिन्न स्थानमा देखिएको सन्दर्भमा, सो रोगको रोगथाम तथा नियन्त्रणको एकमात्र उपाय रोग विरुद्ध लगाइने खोप मात्रै भएकाले सो कार्य भईरहेको व्यहोरा सुचित गरिन्छ । त्यति हुँदाहुँदै पनि रोग अझै फैलिरहेको विवरण प्राप्त भएकाले उक्त रोग नियन्त्रणको लागि बेथानचोक गाउँपालिका प्रतिवद्ध रहेको र सोसँग सम्बन्धित निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक सम्पूर्ण कार्यका लागि सम्बन्धित वडाको पशु सेवा प्राविधिक वा यस कार्यालयको पशुपंछी विकास शाखामा सम्पर्क गर्नुहुन र सो को नियन्त्रणका लागि सम्बन्धित सबै सचेत रहनुहुन अनुरोध छ । साथै यो महामारीको समयमा पशु चौपायको विक्रि वितरण तथा ओसारपसार नगर्नु नगराउनुहुन समेत सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ सूचनामा भनिएको छ ।
यस्ताे छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















