तेमाल– बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री तथा नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले ब्लड क्यान्सर पिडित अंकित कुमार मोक्तानका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । मन्त्री लामाले ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका वडा नं ७ का ११ वर्षीय मोक्तानको उपचारको लागि बुबा अनिलकुमार मोक्तान र आमा शान्ति तामाङलाई हस्तान्तरण अस्पतालमै पुगेर सो रकम हस्तान्तरण गरेका हुन् ।
सो रकम नेपाली कांग्रेस काभ्रे क्षेत्र नं १ को प्रदेश सभा (क) को अगुवाइमा ३ लाख २७ हजार १ सय रुपैयाँ संकलन भएको थियो ।
काँग्रेसका अनुसार क्षेत्रीय कार्यसमिति सदस्यहरुबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट संकलित रकम समेत गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष इन्द्रलाल तामाङले जानकारी दिएका छन् ।
सहयोग रकम हस्तान्तरण गर्न नेपाली कांग्रेस क्षेत्र नं १ (क)का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधि शान्ति तामाङ, नेपाली कांग्रेस क्षेत्र नं १ (क) का उपसभापति रणबहादुर तामाङ लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















