बनेपा- क्रान्तिकारी कम्युनिष्ट पार्टी बनेपा नगरको एकता अधिबेशन र पार्टी एकीकरण तथा जनसम्बन्ध बिस्तार अभियान बनेपामा सप्पन्न भएको छ । बनेपा नगर कमिटी एकता अधिबेशनको अवसर पारेर बुधबार बनेपा नगरको अधिवेशन भएको हो ।

कार्यक्रमको उद्घाटन पार्टीको जिल्ला इन्चार्ज सोमान सि तमाङले मैन बत्ती बालेर गरेका थिए ।

अधिबेशनबाट सौरब कायस्थको संयोजक १७ सदस्यीय बनेपा नगर कमिटी गठन भएको छ । अधिवेशनले सदस्यहरुमा कृष्ण श्रेष्ठ, प्रकाश तामाङ, रुपा परियार, राम माया मानन्धर, सुक ब थिङ, तेलिमाया थिङ, अस्मिता थिङ, सुनिता थिङ, उतर मान स्याङ्तान, गोमा हमाल, सुकु मगर, नवीन वाइबा, बिनोद आले र राम मानन्धरलाई चयन गरेको छ । भने २ सदस्य पछि थप गरिने जनाएको छ ।

कार्यक्रममा जिल्ला संयोजक माधब गौतम, सहसंयोजक ढोग प.्र अधिकारी, प्रदेस सदस्य जित ब लामा लगायतका उपस्थिति रहेको थियो । कार्यक्रम नगर इन्चार्ज बिक्रम खड्काको सभापतित्वमा र नवीन वाइबाको सञ्चालनमा भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।