प्रदीप अस्तानी
पनौती- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पनौती नगर एकता अधिबेशन सम्पन्न भएको छ । नेकपा (क्रान्तिकारी माओबादी) र नेकपा बहुमत बिच एकता भएपछि निर्माण भएको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पनौतीको शनिबार सम्पन्न भएको हो ।

अधिबेशनले बिकासको संयोजकत्वमा ११ सदस्यीय नगर कमिटी निर्माण भएको छ । सदस्यहरुमा श्याम तामाङ, प्रजवल, अशोक तामाङ, दिपेन्द्र दुलाल, राजकुमार बोलखे, रेणु लामा, संगिता बराम, निर्मला तामाङ, भरत तिमिल्सिना रहेका छन् ।

कार्यक्रमममा जिल्ला इन्चार्ज सोमान सिङ तामाङको प्रमुख अतिथिमा सम्मपन उक्त कार्यक्रममा जिल्ला संयोजक माधब गौतम, प्रदेश सदस्यहरु जित बहादुर लामा, प्रदिप अस्तानी लगायतका सहभागी थिए ।

कार्यक्रम इन्चार्ज बिस्णु तिमिल्सिनाको सभापतिमा सम्पन्न कार्यक्रमको सञ्चालन संयोजक बिकासले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।