धुलिखेल– जिल्ला अदातल काभ्रेले लिएको फर्छ्याैट लक्ष्य शतप्रतिश पूरा भएको छ । अदालतले आर्थिक वर्ष २०७९।०८० को प्रगति विवरणमा सो कुरा उल्लेख गरिएको हो ।
आज जिल्ला अदालत काभ्रेपलाञ्चोकले बार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । प्रगति विवरण अनुसार जिल्ला अदालले लक्ष्य भन्दा १ थान बढी मुद्दा फर्छ्याैट गरेको छ । आर्थिक वर्ष २०७९।०८० मा अदालतले २ हजार ३१३ फर्छ्याैटको लक्ष्य राखेकोमा २ हजार ३ सय १४ थान मुद्दा फर्छ्याैट भएको उल्लेख गरिएको छ ।
लक्ष्य भन्दा ३४७ वटा मुद्दा दर्ता भएका छन् । ४ जना न्यायाधिश मध्ये सबैभन्दा बढी ८८१ मुद्दा न्यायधिश मोहनराज भट्टाईले फर्छ्याैट गरेका छन् । उनको लक्ष्य ७७८ रहेको थियो ।
सबैभन्दा कम न्यायाधिश राजेन्द्र नेपालको रहेको छ । ७६८ लक्ष्यमा ६४९ मुद्दा मात्रै फर्छ्याैट भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















