बनेपा– काभ्रे जिल्ला र भक्तपुर जिल्लाको सिमानामा भएको बस दुर्घट्नाको पूर्ण विवरण प्राप्त भएको छ । बुधबार करिब दिउँसो ३ः३० बजे भएको बस दुर्घट्नामा ९ जना घाइते भएको छ ।
काठमाण्डौंबाट धुलिखेल तर्फ आउँदै गरेको बा ४ ख ९३९६ नंम्बरको बस दुर्घटना भएको थियो । भक्तपुर प्रहरी परिसर भक्तपुरका अनुसार दुर्घट्नामा घाइते भएकाहरु मध्य ७ जना उपचार पछि डिस्चार्ज भएको छ भने बसको चालक सहित अन्य दुई जनाको मध्यपुर ठिमि अस्पतालमा थप उपचार भईरहेको छ ।
उपचार पछि डिस्चार्ज हुनेहरुमा बनेपा नगरपालिका वडा नं. ७ बस्ने रितिका श्रेष्ठ, सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. १ घर भई हाल जिल्ला भक्तपुर सूर्यविनायक पाण्डुबजार बस्ने बर्ष ३० को सुर्य बहादुर पाख्रिन, सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला काभ्रेको बनेपा बस्ने बर्ष ३९ को अमर लामा, बनेपा नगरपालिका वडा नं. ३ बस्ने बर्ष २२ की सुस्मिता श्रेष्ठ र बनेपा नगरपालिका वडा नं. १३ बस्ने बर्ष २० को विनय जोशी रहेको जगती प्रहरी प्रमुख डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरि बनेपा भैसेपाटी बस्ने बर्ष २० की दिक्षा तिमल्सिना र काभ्रे खानिखोला गाउँपालिका वडा नं. ४ जगथली बस्ने बर्ष १८ को दिपक बिकको बनेपामा रहेको श्रीर मेमोरियल अस्पताल उपचार पछि डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच बस चालक सिन्धुली घ्याङलेख गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने बर्ष ३१ को पुर्ण बहादुर पाख्रिन मध्यपुर ठिमी अस्पतालमा, सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं. १ घर भई काठमाण्डौं बसुन्धारा बस्ने बर्ष ४४ की रिता खत्री र बनेपा नगरपालिका वडा नं. १३ साँगा बस्ने बर्ष ५९ को अर्जुन खड्काको मध्यपुर ठिमी अस्पतालमा थप उपचार भईरहेको डिएसपी श्रेष्ठले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















