प्रदीप अस्तानी मगार
पाँचखाल– क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाँचखाल नगर एकता अधिबेशन तथा बैठक सप्पन्न भएको छ । शुक्रबार सम्पन्न अधिवेशनले श्याम विकको संयोजकत्वमा ३१ सदस्यीय नगर कमिटी गठन गरेको छ ।

अधिवेशनले सदस्यहरुमा नानी माया बिक, रमेश बिक, बुद्ध ब बिक, फुलमाया तामाङ, बुद्धि बिक, प्रकाश मिजार, भक्त ब मिजार, अस्मिता थामी, मैयाँ परिवार, शम्भु बिक, हरिमाया तामाङ, केदार घतानी, गणेश दहाल, सुर्य लक्ष्मी श्रेष्ठ, मैना बिक, यम ब बिक, श्याम सुनुवार, नारायणी बिक, धन ब भुजेल, कविता तामाङ, सुमन बिक, उजुरमान तामाङ, धन जित तामाङ, बिक्रम तामाङ, लक्ष्मी बिक, बिनोद मिजार चयन भएका छन् । अर्को बैठकबाट बाँकी ३ जना पछि थप गरिने जनाएको छ ।

अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला संयोजक माधब गौतमले दलाल संसदीय ब्यबस्थाको अन्त्य गर्दै नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्दै बैज्ञानिक समाजवाद स्थापनाको लागि लागि पार्टी एकता भएको बताए । उनले क्रान्तिमा सुरुमा प्रचण्डले गद्दार गरेको र बिप्लपले पनि त्यही बाटो समातेकोले बिद्रोह गर्नु परेको स्पष्ट पारे ।
कार्यक्रममा केन्द्रिय सदस्य कृष्ण सेवाले उत्पीडिनमा परेको जनता नउठे सम्म क्रान्ति सप्पन्न नहुने बताउँदै उत्पीडिनमा परेको जनता पहिला उठ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला सहसंयोजक ढोक प.्र अधिकारी प्रदेश सदस्यहरु जित बहादुर लामा, प्रदिप अस्तानी, दलित मुक्ति मोर्चाका केन्द्रिय सदस्य सुजिता लगायतको नेताहरुले विभिन्न विषयमा प्रशिक्षण मन्तव्य राखेका थिए ।

श्याम बिकको सभापतिमा सम्पन्न उक्त कार्यक्रमको संचालान नगर इञ्चार्ज लाल बहादुर बिकले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।