धुलिखेल– सङ्घीय सरकारको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री प्रकाश ज्वालाले आफूहरू भ्रष्टाचार विरुद्धको अभियानमा रहेको बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले धुलिखेलमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री ज्वालाले यस्तो बताएका हुन् ।
उनले भ्रष्टाचार विरुद्धको अभियानमा अनेक प्रकारको अवरोध आएको प्रस्ट पार्दै अबरोधहरुलाई पन्छाउँदै सरकारे अघि बढेको दाबी गरे ।
‘आम रूपमा भन्नुपर्दा भ्रष्टाचार विरुद्धका अभियानमा अनेक अवरोध सिर्जना गरिरहेको छ । तर यसको बाबजुद पनि सरकार भ्रष्टाचार विरुद्धको अभियानमा अविचलित भई अघि बढिरहेको छ ।’ मन्त्री ज्वालाले भने, ‘भ्रष्टाचार न्यूनीकरण, नियन्त्रण गर्ने र जनतालाई सुशासन दिने हाम्रो प्रमुख लक्ष्य हो । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा हामी लामबद्ध छौँ ।’
सरकार ढल्छ कि भन्ने चिन्ताग्रस्त भएर आफू नबसेको प्रस्ट पार्दै उनले सरकार झन् बलियो भएर अघि बढेको बताए ।
उनले गठबन्धन कमजोर छ भनेर प्रचार गर्ने गरेको बताउँदै गठबन्धन बलियो रहेको उनको तर्क थियो । ‘बलियो जगमा यो गठबन्धन निर्माण भएको हो । एउटा निश्चित उद्देश्यले निर्माण भएको हो ।’ उनले भने, ‘हुन त यो मोर्चा पनि होइन । निश्चित उद्देश्यले गठबन्धन निर्माण भएको हो । तर यो गठबन्धन कमजोर छ भनेर प्रचार गरिएको छ त्यस्तो होइन, गठबन्धन बलियो छ ।’
त्यसैगरि मन्त्री ज्वालाले समाजवादी मोर्चा गठबन्धन भन्दा कसिलो रहेको दाबी गरे । आफूहरूले समाजवादी लक्ष्य भएको पार्टीहरूको मोर्चा तयार गरेर संसद्मा सशक्त तेस्रो शक्तिको भूमिका खेलेको बताए । हुन्छ । समाजवादको बाटोमा अघि बढेको पार्टीहरूको मोर्चा हो । अरुपनी मोर्चामा आबद्ध भएर अघि बढ्ने छ । सांसदमा शसक्ता तेस्रो शक्ति बनेर अघि बढ्ने छ ।
आफ्नो पार्टीले अब देशैभरि महाअभियान देखि महाधिवेशनसम्मको कार्यक्रम अघि सारेको जानकारी दिए ।
सङ्गठनको अध्यक्ष सन्तोष चौंलागाईंको अध्यक्षतामा भएको सो पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन केन्द्रीय उपाध्यक्ष ध्रुव रायमाझीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















