मेडिकल विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि काँग्रेस साँसद सुनिल शर्माको मेडिकल कलेजमा आन्दोलन शुरू भएको छ । काठमाडौं मेडिकल कलेज एमबीबीएस २१ औं ब्याजका विद्यार्थीले आन्दोलन शुरू गरेका हुन् ।

२०७७ सालमा शिक्षा मन्त्रालयले एमबीबीएस पढाउने कलेजको ३८ लाख ५० हजार भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेपनि कलेजले ईन्टर्नशिप शुल्क भनेर प्रतिविद्यार्थी रू‍. २ लाख असुलेको बिद्यार्थीको आरोप छ।

विद्यार्थी भर्नाहुने बेला ईन्टर्नशिप शुल्क भनेर २ लाख लिएको कलेजले अहिले फिर्ता नगरेको आन्दोलनरत विद्यार्थीहरूले बताए। ‘पहिला लिएको शुल्क फिर्ता माग्दा ईन्टर्नको बेला फिर्ता दिन्छौँ भनेर दिएनन, अहिले अहिले फिर्ता दिनुस भन्दा व्यवस्थापन फेरियो दिन सकिन्न भन्छन’, एक बिद्यार्थीले भने, ‘एक सय जनाबाट लिएको २ लाखका दरले लिएको रकमको पाँच वर्ष त खाए, अहिले फिर्ता गर्ने भनेको २ लाख पनि दिएनन् ।’

साँसद शर्माका केएमसी, नोवेल, पिपल्स डेण्टल लगायतका कलेज सञ्चालनमा छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।