बनेपा– नेकपा विभाजन पछि एमालेमै रहने निर्णय गरेका काभ्रेका २ नेताहरु पुनः माओवादी केन्द्रमै फर्किएका छन् । बुधबार माओवादी केन्द्र काभ्रे जिल्ला समिति कार्यालयमा एक कार्यक्रमका बीच उनीहरु पुनः माओवादी केन्द्रमै फर्केका हुन् ।
माओवादी केन्द्रमै फर्किनेहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य नारायण बानियाँ र नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य नकुल पराजुली रहेका छन् ।

बानियाँ र पराजुली यस एमालेमा प्रवेश हुनु अघि माओवादी केन्द्रको विभिन्न तहको संगठनमा कार्यरत थिए । बानियाँ र पराजुलीलाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य सूर्यमान दोङ (लालध्वज) र वागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री पौडेलले स्वागत गरेका थिए ।

सो कार्यक्रममा पार्टीको केन्द्रिय सदस्यहरु रत्न ढकाल, रुकु चौंलागाईं, गंगाबहादुर तामाङ बमध्वज, तेजबहादुर मिजार, प्रदेश सचिव इन्द्रबहादुर थिङ, जिल्ला अध्यक्ष भोला अर्याल, सचिव दैवलाल घिसिङ लगायतका सहभागी थिए ।
एमाले पूर्ण रुपमा भ्रष्टाचारीहरुको पार्टी भएकोले फेरि आफ्नै पार्टीमा फिर्ता आएको उनीहरुले बताएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















