काठमाडौं– नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य सांसद हितबहादुर तामाङले एमालेलाई बच्चासँग तुलना गरेका छन् । एमालेले आज अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेर संसद अबरुद्ध पारेपछि सांसद तामाङले सामाजिक सञ्जाल मार्फत सो धारणा सार्वजनिक गरेका हुन् ।
जतिखेर पनि जुनसुकै विषयमा पनि राजीनामा मागेको बताउँदै ‘एमालेले चाहेको राजनीति कस्तो ?’ भनेर प्रश्न समेत गरेका छन् । भ्रष्टाचारको फाइलहरु खोलेर नसकिन्जेल गृहमन्त्रीले राजीनामा नदिने समेत प्रष्ट पारेका छन् ।
‘एमालेले चाहेको राजनीति कस्तो ? जतिखेर पनि, जुनसुकै विषयमा पनि राजिनामा? बच्चाले चकलेट मागे जस्तो होर राजिनामा ?’ उनले लेखेका छन्, ‘जबसम्म भ्रष्टाचारको फाइलहरु खोलेर सकिदैन, तबसम्म गृहमन्त्रीले राजिनामा दिदैन । राजिनामा माग्नेले माग्दै गर्छ, भ्रष्टाचार बिरुद्धको कार्वाही बढ्दै गर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















