काठमाडौ- नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा वागमती प्रदेशका पूर्व खेलकुद मन्त्री रत्न ढकालले मुलुकमा सुशासन कायम गर्न जेलको अभाव हुने बताएका छन । ग्लोबल खबर्स डटकमको दोस्रो वार्षिकोत्सब तथा सम्पर्क कार्यालय उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन ।

मुलुकमा सुशासन कायम गर्न सरकारले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन प्रकरणलाई सरकारले अगाडि बढाएको बताउदै भ्रस्टाचारका सबै फाइल खोल्ने उनले दावी गरे ।

भ्रष्टाचारीहरुले नेपालमा भएका जेलहरु भरिने भएकोले सरकारले पुनर्स्थापना केन्द्रहरू खोल्नुपर्नेमा जोड दिए ।

‘मुलुकमा सुशासन कायम गर्नुपर्छ भनेर सरकारले भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सुन कान्डालाई निर्मम ढंगले कार्वाही प्रक्रिया अगाडि बढाएको छ ।’ ढकालले भने, ‘मुलुकमा सुशासन कायम गर्न अब जेलको अभाब हुँदैछ, सरकारले चाँडै अर्को पुनर्स्थापना केन्द्र निर्माण गर्न जरुरी छ ।’

सरकारले भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता अप्नाउदै अघि बढेको बताउँदै सांसद ढकालले भ्रष्टाचारीहरुले सरकारलाई घेराबन्दीमा पारेको बताए ।

‘सरकार भ्रस्टाचार विरुद्धको अभियानमा शून्य सहनशीलताका साथ अघि बढेको छ । र त सरकार घेरावन्दिमा छ ।’ एमालेलाई ईंगित गर्दै उनले भने, ‘ललिता प्रकरण किन खोलेको ? भुटानी शरणार्थी प्रकरण किन अघि बढाएको ? सुन कान्डा किन छानबिन गरेको भनी सदन समेत अबरुद्ध गरेको छ ।

कार्यक्रममा ओवादी केन्द्रको काभ्रे जिल्ला सचिव दैबलाल घिसिङ, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा, वेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना, नेपाली काँग्रेसका युवा नेता राम योन्जन, एमालेको जिल्ला सदस्य पूर्ण वाइबा, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव डिल बहादुर थोकर (ग्याम्जो), प्रेस सेन्टर नेपाल काभ्रेको जिल्ला अध्यक्ष रोजन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।