बेथानचोक– काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ६ मा ‘एक घर एक धारा’ उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थबहादुर लामा र बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले खानेपानीको उद्घाटन गरेका हुन् ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा) र बेथानचोक गाउँपालिकाको साझेदारीमा सो अयोजना अघि बढेको थियो । महाङ्कालचौर खानेपानी तथा सरसफाइ र  थिङछाप खानेपानी आयोजनामार्फत सो क्षेत्रका करिब ५ सय घरधुरीलाई खानेपानी उपलब्ध गराएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामाले संविधानले प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्वच्छ खानेपानी उपयोग गर्न पाउनुपर्ने व्यवस्था रहेकोले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्ने बताए । ‘नागरिकलाई स्वच्छ खानेपानीको सुनिश्चित गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकार जिम्मेवार रहनुपर्ने हुन्छ ।’ मन्त्री लामाले भने, ‘ संविधानले प्रत्येक नागरिकको मौलिक हकको रूपमा स्वच्छ खानेपानी उपयोग गर्न पाउनुपर्ने व्यवस्था रहेकोले सबै नागरिक स्वच्छ खानेपानीको पहुँचमा हुनुपर्छ ।

त्यसैगरी कार्यक्रममा बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले सरकारले अघि सारेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत गाउँपालिकाले सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराउने काम गरिरहेको बताउँदै गाउँपालिकाले समुदायलाई समृद्धितिर लैजानको लागि शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी, खानेपानी, कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गरेको बताए ।

कार्यक्रमका महाङ्कालचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले खानेपानी आयोजनाको दिगोपना, व्यवस्थापन र सर्वसुलभताका लागि दुवै खानेपानी आयोजनाका लागि भवन निर्माण आवश्यक रहेको बताउनुभयो । महाङ्कालचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट

सो आयोजनाबाट महाङ्कालचौरका ३२० घरधुरीका साथै तीन विद्यालयका एक हजार ७७९ शिक्षक, विद्यार्थी र थिङछापका १७२ घरधुरीका साथै तीन विद्यालय, एक स्वास्थ्य चौकी र  वडा कार्यालयमा आउने सेवाग्राही लाभान्वित महाङ्कालचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष विकास लामिछाने मगरले जानकारी दिए ।

आयोजनाका लागि यस्तो छ बजेट लागत

एक करोड ७५ लाख ४७ हजार २२० रुपियाँको लागतमा निर्माण भएको महाङ्काल खानेपानी आयोजनाका नेवा संस्थाबाट ८१ लख ५८ हजार ३१९ रुपियाँ, गाउँपालिकाबाट ४९ लाख ८५ हजार ३४५ रुपियाँ र २२ लाख ३८ हजार ९६७ रुपियाँ बराबरको जनश्रमदान तथा २१  लाख ६४ हजार ५८० रुपियाँ नगद सङ्कलन गरी आयोजनाको काम सम्पन्न गरिएको समितिका अध्यक्ष लामिछाने मगरले बताए ।

यस्तै एक करोड ११ लाख १३ हजार ७३४ रुपियाँको लागतमा सम्पन्न भएको थिङछाप खानेपानी आयोजनाका लागि नेवा संस्थाबाट ६६ लाख १९ हजार ३६५ रुपियाँ, गाउँपालिकाबाट २१ लख ९७ हजार ६९९ रुपियाँ र समुदायबाट १० लाख ७९ हजार ९५६ रुपियाँ बराबरको जनश्रमदान र १२ लाख १६ हजार ७१४ रुपियाँ नगद सङ्कलन गरी आयोजनाको काम सम्पन्न गरिएको समितिका अध्यक्ष तीर्थबहादुर लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।