धुलिखेल– काभ्रे जिल्लाका निर्माण ब्यवसायीहरुले विभिन्न मागहरु राखेर जिल्ला प्रशासन कार्यालय, काभ्रेमा धर्ना दिएको छ । आईतवार उनीहरुले विभिन्न नारा सहितको प्लेकार्ड बोकेर धर्ना दिएका हुन् ।

निर्माण ब्यवसायीहरुको हित विपरितका प्राब्धनहरु तुरुन्तै खारेज गर्न दवाव दिन धर्णा कार्यक्रमको आयोजना गरिएको निर्माण ब्यवसायी संघ काभ्रेका सचिव प्रदिप गौतमले बताए ।

विभिन्न निकायमा काम गरे बापतको रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर्नुपर्ने, जुनसुकै अवधिको ठेक्काको मुल्य समायोजन गर्नुपर्ने,  अव्यवहारीक माईलस्टोन खारेज गर्नुपर्ने, बीमा निर्देशिका-२०७८ खारेज गर्नुपर्ने, उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने नियम खारेज गर्नुपर्ने, सार्वजनिक खरिद ऐन तथा नियमावली तुरुन्त संशोधन गर्नुपर्ने, खरिद नियमवालीको नियम ६ लाई कडाईका साथ लागु गर्नुपर्ने लगायतका माग रहेको सचिव गौतमले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।