काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताएका छन् । आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको बताए ।

उनले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताए । उनले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताए ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला