धुलिखेल– काभ्रे जिल्लामा मंगलवारदेखि राष्ट्रिय परिचय–पत्र वितरण हुने भएको छ । सोमवार जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै सोको जानकारी दिएको हो ।
कार्यालयले आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफ्नो सक्कल नागरिकता, विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाईलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र सम्पर्क गर्न अनुरोध गरेको छ ।
‘जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएका केहि व्यक्तिहरुको राष्ट्रिय परिचयपत्र कार्ड तयार भई आएको हुँदा भोलि मिति २०८० श्रावण १६ गते देखि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट राष्ट्रिय परिचयपत्र कार्ड वितरण हुदैछ ।’ सूचनामा भनिएको छ, ‘आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफ्नो सक्कल नागरिकता, विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाईलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।’
यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















