पनौती– काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. २ मा रहेको कुशादेवी माध्यामिक विद्यालयका सहायक प्रधानाध्यापक तथा गणित शिक्षक छवि गौतम विरद्ध किटानी जाहेरी दर्ता भएको छ । विद्यालयको कक्षा कोठाभित्रै छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा उनी विरुद्ध किटानी जाहेरी दर्ता भएको हो ।
गत शुक्रवार शिक्षक गौतमले दुर्ब्यवहार गरेको भनि सो विद्यालयका छात्राहरुले विद्यालय र २ नं. वडा कार्यालयमा उजुरी दिएका थिए । विभिन्न बहानामा प्रहरीमा किटानी जाहेरी दिन आनाकानी गरेपछि मंगलवार वडा कार्यालयमा अभिभावकहरु, स्थानीय सरोकारवालाहरुको दवाव पछि किटानी जाहेरी दिएको हो ।
बुधवार सो विद्यालयका ११ जना छात्राले ईलाका प्रहरी कार्यालय बनेपामा पुगेर किटानी जाहेरी दिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख डिएसपी रेशम बोहराले जानकारी दिएका छन् । विद्यालयका प्रधानाध्यापक, विब्यसका पदाधिकारी सहितको रोहबरमा ११ जना छात्राले किटानी जाहेरी दिएको र दर्ता भएर आवश्यक प्रक्रिया अघि बढिसकेको डिएसपी बोहराले जानकारी दिए ।
विद्यालयका प्राधानाध्यापक श्यामप्रसाद भुजुले वडा कार्यालयमै अभिभमावहरुको अगाडी शिक्षक गौतमले पटक पटक छात्रामाथि यौन दुर्ब्यवहार गर्दै आएको र माफी मगाएर छोडेको खुलासा गरेका थिए ।
के भन्छन् विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष थापा ?
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















