प्रदीप अस्तानी
बनेपा– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल काभ्रेले सरकारसँग विभिन्न मागहरु राखेर बनेपामा मशाल जुलुश गरेको छ । विहिबार सो पार्टीले बनेपा स्थित बिधुत प्राधिकरण देखि तीन धारा हुँदै रेडक्रस चोकसम्म मशाल जुलुश गरेको हो ।

मिटर ब्याजि, देशमा भएको चर्को महँगी, सुनकाण्ड, भ्रष्टाचार, भुटानी शरणार्थी मानव तस्करी, किसानको मलबिउ बजार समस्या, लगायत एमसीसी खारेजी, राष्ट्रियता जनतन्त्र र जनजिविकाको समस्या समाधान गर्न माग गर्दै उक्त कार्यक्रम आयोजना गरियको जिल्ला इन्चार्ज सोमान सिं तामाङले जानकारी  दिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला संयोजक माधव गौतमले सरकारले जनताको अधिकार र राष्ट्रियता जनतन्त्रको लागि गम्भीर नबनेको रास्ट्रघाति एमसिसि लगायतका जनघाती कामहरुको सम्झौता तत्काल खारेज नगरे जनताहरु एक भएर विद्रोहको मशाल बाल्न बाध्य हुने चेतावनी दिए ।

उक्त कार्यक्रमको सञ्चालन जिल्ला सह-संयोजक ढोग प्रसाद अधिकारिले गरेका थिए । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको कार्यकर्ता तथा जनसमुदायको उल्लेख्य सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।