भक्तपुर– भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ४ बालकोटमा डेर गरी बस्ने काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नम्बर ५ की डुल माया गौतमको करेन्ट लागेर निधन भएको छ । बस्ने ६१ बर्षीय गौतमलाई शुक्रवार विहान साढे ६ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएकी थिईन् ।

गौतमलाई भुँई तलामा गई मेशिनबाट पानी तान्ने क्रममा एक्कासी करेन्ट लागेको थियो । मध्यपुर अस्पतालमा उपचारकै क्रममा गौतमको निधन भएको महानगरी प्रहरी बृत्त भक्तपुरले जनाएको छ ।

महानगरी प्रहरी वृत्त भक्तपुरका सूचना अधिकारी बसन्त पाठकका अनुसार प्रहरी बृत्त ठिमि भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले घटनाको थप अनुसन्धान कार्य गरिहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।