तेमाल– काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. २ मा रहेको श्री सर्वेद्धार माध्यमिक विध्यालायबाट एईई परिक्षामा उत्कृष्ट नम्बर ल्याएका विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद प्रदान गरेको छ । शुक्रवार वडा अध्यक्ष देव तामाङले ३ जना विद्यार्थीहरुलाई ५० हजार नगद, सम्मान पत्र समेत प्रदान गरिएको हो ।

पुरस्कृत हुने उत्कृष्ट विद्यार्थीहरुमा युनिक तामाङ (३.१५ जिवीए), करिष्मा तामाङ (३.१५) जिवीए र पूजा तामाङ (२.८५ जिवीए) रहेका छन् । वडा अध्यक्ष तामाङले आर्थिक वर्ष २०७९/८०मा विद्यार्थी प्रोत्साहन कार्यक्रम अन्तर्गत एसईई परिक्षामा उत्कृष्ट हुन् तीन जना विद्यार्थीलाई ५० हजार नगद पुरस्कार दिने घोषणा गरेको थियो ।

कार्यक्रम विद्यालय व्यबस्थापन समितिका अध्यक्ष पदम बहादुर तामाङको अध्यक्षता र सहायक प्रधानाध्यापक आशमान तामाङले सञ्चालन गरेको कार्यक्रममा प्रधानाध्यापक ज्ञान्जा लामाले स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















