प्रदीप अस्तानी
नवबुद्ध- क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवबुद्द नगर एकता अधिबेशन भकुण्डे बेसिमा सम्पन्न भयो । नेकपा(क्रान्तिकारी माओवादी)र नेकपा बहुमत बिच एकता भए पछि बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नगर एकता अधिबेशन सम्पन्न भएको हो।

एकता अधिबेशनमा जिल्ला इन्चार्ज सोमान सि तामाङ, जिल्ला संयोजक माधब गौतम सह संयोजक ढोक प्रसाद अधिकारीको उपस्थित रहेको थियो ।

अधिबेशनले ज्ञान बहादुर तामाङको संयोजकत्वमा १३ सदस्यीय नगरकमिटी निर्बाचित गरेको छ जसमा सह संयोजक केशब ओझा र सदस्यहरुमा गुन्जमान तामाङ,नारायण रिजाल,सुरज लामा,साहिली तामाङ, तिर्थ लामा र शंकर अधिकारी रहेका छन बाँकी ४ जना अर्को बैठकले थप गरिने नगर संयोजक ज्ञान बहादुर लामाले बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।