धुलिखेल– काभ्रे जिल्लामा आत्महत्या गर्नेको सङ्ख्या ६ पुगेको छ । एक एका साताको अन्तरालमा आत्महत्या गर्नेको सङ्ख्या ६ पुगेको छ । जिल्लाको विभिन्न गाउँपालिकामा यसरी आत्महत्या गर्नेमा १४ वर्षको उमेर देखि ४३ वर्षसम्मका महिला र पुरुष रहेका छन् ।
मङ्गलवार मात्रै २ जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।
रोशीमा ४२ वर्षीय महिलाद्वारा आत्महत्या
जिल्लाको रोशी गाउँपालिका वडा नं. ११, देउराली स्थित जौडिलका अमृतध्वज तामाङको श्रीमती वर्ष ४२ का साइली भन्ने विष्णुमाया तामाङले आत्महत्या गरेका छन् । मङ्गलवार बेलुका ७ः३० बजेको समयमा आफ्नै कच्ची घरको बुईकलमा झुन्डी मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मंगलटारका अनुसार प्रहरी घटनास्थलमा पुग्दा बुइँगलको बलेमा नाइलनको डोरीको पासो लगाई झुन्डी मृत्यु भएको अवस्थामा फेला परेको थियो । प्रहरी सहायक निरिक्षक शिवदास श्रेष्ठको नेतृत्वमा प्रहरी पुगेको र आज बिहान जिल्ला प्रहरी कार्यालयबाट मुचुल्काको लागि गइरहेको प्रहरीले जनाएको छ ।
कुशादेवीमा पनि आत्महत्या
काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ७ कुशादेवी रोडमा पनि एक जना महिलाले आत्महत्या गरेका छन् । प्रहरी चौकी पनौतीका अनुसार मङ्गलवार ७ः४० बजेको समयमा सोही स्थानमा बस्ने राजकुमार श्रेष्ठको श्रीमती वर्ष ३३ की रेश्मा श्रेष्ठले आत्महत्या गरेकी हुन् ।
श्रेष्ठले आफ्नै घरको दोस्रो तल्लामा रहेको आफै सुत्ने कोठाको सिलिङमा रहेको पङ्खा झुन्डाउन राखिएको हुकमा सलको पासो लगाई झुन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
याे पनि पढ्नुहाेस्ः
काभ्रेमा १५ वर्षिय वालिका झुण्डेको अवस्थामा मृत फेला
काभ्रेमा एक बालक झुण्डिरहेको अवस्थामा मृत फेला
काभ्रेमा १४ वर्षिय बालकद्वारा झुण्डिएर आत्महत्या
काभ्रेमा फेरि २० वर्षीय युवतीद्वारा झुन्डिएर आत्महत्या
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















