तेमाल– पहिरोको उच्च जोखिम रहेको तेमाल गाउ“पालिकाका दुई स्थानमा सजग, नेपाल नामक एक सोधमूलक परियोजनाले प्राविधिक र सामाजिक–साँस्कृतिक अध्ययन गर्न थालिएको छ । यस परियोजनामा नेपाल, बेलायत, क्यानडा तथा न्यूजिल्यान्डका विभिन्न विश्वबिद्यालयस नेपाल सरकारका अन्य निकायहरुस सोशल साइन्स वहास, एनएसइटी, नेपाल र बिबिसी मिडिया एक्शन लगायतका संस्थाहरुको संग्लग्नता रहेको छ ।

यस परियोजनाको अध्ययन टोलीमा भूगर्भ बिज्ञान, सामाजिक बिज्ञान र मानविकी संकायका नेपाली तथा अन्तर्राष्ट्रिय अनुसन्धाताहरु आबद्ध छन् । यस अध्ययन टोलीले तेमाल वडा नं ४ र ५ मा अध्ययन, अनुसन्धान गरेको हो । सोको अवलोकन गर्न बुधवार तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदानप्रसाद ढकाल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा बिपद व्याबस्थापन शाखाका जयराम उप्रेती र छबी किरण, भूकम्प प्रविधि राष्ट्रिय समाज – नेपालका डा. गोपीकृष्ण वस्याल, राम श्रेष्ठ र सोशल साईन्स बहासका मानवशास्त्री टेक बहादुर तामाङ तेमालमा पुगेका थिए ।

अनुसन्धान स्थल पुग्नु भन्दा अघि गाउँपालिकाको कार्यालयमा अनुसन्धानकोबारेमा सो संस्थाले जानकारी दिएको छ । कार्यक्रममा भुगोलविद गोपीकृष्ण बस्यालले पहिरो जानुपूर्व नै तयारी गर्न र त्यसको लागि नीति तथा कार्यक्रम बनाउनको लागि अनुसन्धानले मद्धत गर्ने बताए । ‘कति बर्षा हु“दा, कति कम्पन हु“दा र माटोमा कति चिस्यान हु“दा पहिरो खस्छ भनेर अनुसन्धान गरिरहेका छौं,’ अनुसन्धानमा संलग्न भुगोलविद् गोपीकृष्ण बस्यालले भने, ‘पहिरो जानुपूर्व नै तयारी गर्न र त्यसको लागि नीति तथा कार्यक्रम बनाउनको लागि अनुसन्धानले मद्दत गर्दछ ।’

वस्यालका अनुसार, पहिरो अनुगमन गर्ने उक्त उपकरण तेमाल गाउ“पालिका–४ स्थित आखेला दुर्सा र वडा नं. ५ स्थित थालागाङमा राखिएको छ । जमिनमा गाडिने वेव इन्यावल्ड डाटा लगर सहितको उक्त उपकरणमा चिस्यान मापन गर्ने यन्त्र, तापक्रम र आद्रता नाप्ने सेन्सर र ध्वनी उत्सर्जन गर्ने सेन्सर जडान गरिएका छन् । ‘उपकरण राखिएको उक्त स्थानमा पानी कति पर्यो, कति कम्पन भयो र चिस्यान कति छ भन्ने कुरा सेन्सरमार्फत डाटा रेकर्ड भइरहेको हुन्छ,’ वस्यालले भने, ‘यसमा पहिरो जाँदैछ भनेर साइरन बज्ने त हु“दैन तर जमिन भित्रको तथ्यांकंले पहिरो जान सक्ने अवस्थाबारे जानकारी दिएर पूर्वतयारी गर्न, मनसून योजना बनाउन सहज हुन्छ ।’

भूगोलविद् वस्यालले पहिरोको लागि कम्पन, बर्षा र चिस्यानको कुनै मापदण्ड नहुने भन्दै भोगोलिक अवस्था अनुसार पहिरो जाने सक्ने अनुभव सुनाए ।

यसैबीच सो कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वातावरण तथा बिपद व्याबस्थापन शाखा जयराम उप्रेतीले विपद विरुद्ध एकीकृत हुनुपर्नेमा जोड दिंदै अनुसन्धानले विपदबाट जोगिन र बचाउन यो अनुसन्धानले महत्वपूर्ण भूमिका खेल्नमा विश्वास व्यक्त गरे ।

अनुसन्धानमा संलग्न मानवशास्त्री टेक बहादुर दोङका अनुसार, तेमालका दुई स्थानका अलावा सिन्धुपाल्चोकको भोटेकोशी गाउ“पालिका वडा नं ५ मार्मिङ र वडा नं २ कोदारी, बाह्रबिसे नगरपालिको वडा नं ५ को तल्लो सिगार्चे र माथिल्लो सिगार्चे, दोलखाको भीमेश्वर नगरपालिका–१ स्थित फेदी र बोस्युङपा र म्याग्दीको अन्नपूर्ण गाउ“पालिकाका २ स्थान समेत गरी १० स्थान उक्त उपकरण राखेर पहिरोको अध्ययन भइरहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।