दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ र दस पुत्रहरू बराबर एउटा रुख हुन्छ” राजन श्रीवास्तब सामाजिक अभियान्ता बातावरण संरक्षक

बिगत लामो समय देखि समाजसँग भिझेर धेरै कुरा देखेर सबैको समस्याको मलम बनेर दिन रात नभनी हरेक समस्यासँग जुधेर आफ्नो आनन्दित जीवन बिताईरहनुभएका बिचारका धनी समाजसेवि  राजन श्रीवास्तबसँग पत्रकार सुनिल श्रेष्ठले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । –सम्पादक

० आज भोलि के मा ब्यस्त हुनु हुन्छ? 

–विभिन्न समस्या एवं पिडितहरुलाई विभिन्न निकायको समन्वयमा ब्यक्तिहरुलाई थोरै भए पनि पिडालाई कम गर्ने प्रयासमा ब्यस्त छु ।

० आफुले आफुलाइ कसरी चिनाउनु हुन्छ?

– एउटा साधारण ब्यक्तिको रुपमा चिनाउन रुचाउने गर्दछु ।

० वातावरण दिवसको अवसरमा वातावरणलाई हजुरले कसरी बुझ्नु हुन्छ ?

–मेरो ब्यक्तिगत बुझाइमा वातावरण साक्षात भगवान हुन् ।

० हजुरलाई वातावरणको संरक्षण गर्नु पर्छ भनेर कोबाट प्रेरणा भएको थियो ? 

– विद्यार्थी भइ बिधालयमा अध्यन गर्ने बेला पुस्तकबाट धेरै कुराहरु सिखकयो शिक्षकहरु बाटै उतप्रेरित भएँ ।

० वातावरण भनेको के हो?

–वातावरणलाई तात्कालीन परिवेशको रूपमा परिभाषित गरिएको छ जसले जीवनलाई समर्थन गर्दछ र विभिन्न मानवीय गतिविधिहरूलाई निरन्तरता दिन्छ । वातावरणले हाम्रो वरिपरीको सम्पूर्ण बायोटिक वा जीवित चीजहरू जस्तैः बोट बिरुवा जीव जन्तु र Microorganism साथै एबियोटिक वा गैर जीवित वस्तुहरू जस्तैः भूमि, पानी, सूर्य को प्रकाश, हावा आदिलाई समावेश गर्दछ । जीवनको हरेक पक्षमा वातावरण धेरै आवश्यक हुन्छ । जीवित प्राणीहरूको सबै विकास ( survival, reproduction, growth and development) वातावरणमै गरिन्छ । हामीले मानव सभ्यताको विकासको लागि प्राकृतिक स्रोतहरुको उपयोग गरेका थिएम र अगाडि नी गर्ने छौं। त्यो सम्पूर्ण प्राकृतिक स्रोतहरुको मुहान भनेकै वातावरण हो ।

सबै जीवित प्राणीहरू वातावरणमा निर्भर छन्। संसारका सम्पूर्ण प्राणीहरु मध्ये मानिस सबसे विबेकशिल प्राणी हुन भनेर भनिन्छ । त्यसैले वातावरणलाई जोगाउने दायित्व पनि मानिस कै हातमा छ । प्राकृतिक सम्पदाहरुलाई जोगाई वातावरण संरक्षण गर्नु सबैको निम्ति हितकर छ । आफू बाँच्नु ठूलो कुरा होइन आफू संग संग अरुलाई पनि बचाउनु ठूलो कुरा हो । मानव लगायत सम्पूर्ण प्राणीहरुको जीवन वातावरण मै भरपर्ने हुनाले वातावरणको संरक्षण गर्नु अती आवश्यक छ ।

वातावरण र मानिस भन्दा फरक सुनिए पनि यी एक हुन् । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न पनि अग्रसर हुनुपर्दछ । हाम्रो सोच तथा विचार हामी कस्तो वातावरणमा छौ त्यसमा निर्भर गर्दछ । मानिसको स्वास्थ र सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक छ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक छ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन्छ अनी स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ ।

० नेपालमा विश्व वातावरण दिवस कहिले देखि मनाईँदै आएको छ । मनाउनुको मुख्य कारण के होला ?

– ५ जुन १९७३ देखि विश्वभरी नै वातावरण दिवस बिभिन्न कार्यक्रम गरि मनाउने गरिएको छ । वातावरण दिवस मनाउनुको मुख्य कारण चाहिँ सन्ततिलाई प्रकृतिको सिकाउने, आउने पुस्तालाई वातावरण जोगाउनका लागि पाठ सिखाउने, रुख रोपने, ढुङ्गा होइन रुखको पुजा गर्न सिखाउने, पानीको श्रोत नदि, पोखरी जस्ताको संरक्षण गर्ने जस्ता कुराहरु मुख्य कारण हो ।

० अहिलेको समयमा धेरै मात्रामा वातावरण प्रदुषण बड्दै गएको छ यसलाई रोकथाम गर्न के गर्नु पर्छ जस्तो लाग्छ ?

–प्रदूषण रोकथाम गर्न सबै भन्दा पहिला सरकारको निर्देशनलाई सरकारी कर्मचारी एवं निकायहरुले पालना गर्न र गराउनु पर्ने नै हो । मनुष्यहरुले पनि वातावरण जोगाउनका लागि गर्नुपर्ने कार्यहरुमा हातेमालो गर्नु पर्छ, टोल टोलमा यसको बारेमा नियमित छलफल गर्नु पर्छ सबै कार्यक्रम एवं पाठ सिकाइमा वातावरण सम्बन्ध थोरै भए पनि जनचेतना मुलक शीर्षक हुनु पर्ने छ । आफ्नो पुस्ताहरुलाइ रुख नै जिवन हो यसको बारेमा जनचेतना दिनु पर्नेछ ।

० नेपाल सरकारले वातावरण संरक्षण गर्नेको लागि के कस्ता कदमहरु चालि रहेका छन् ?

– वातावरण जोगाउनका लागि विभिन्न निकायहरुसँग नियमित समन्वय एवं छलफल भएको कुरा सञ्चार माध्यमबाट सुनिन्छ । रुख रोपनाका लागि निशुल्क रुपमा बिरुवा उपलब्ध भएको छ, वातावरण सम्बन्ध पाठ सिकाइको लागि विभिन्न प्रतियोगिताहरुको आयोजना एवं बिद्यार्थीहरुको मनोबल बढाउन र वातावरण जोगाउन प्रेरणा मिलोस भने उद्देश्यले पुरस्कारको ब्यवस्थापन पनि गरिएको हुन्छ साथै सरसफाइ, पदूषणको रोकथामको लागि पनि विभिन्न योजनाहरु बनाइएको कुरा सञ्चारबाट सूनिन्छ ।

० हजुरहरुले वातावरण संरक्षणको लागि आजसम्म के कस्ता कार्यक्रमहरु सञ्चालन गदै आउनु भएको छ त?

-मस्तिष्क मन्धनका लागि विभिन्न प्रतियोगिता -वृक्षरोपण कार्यक्रम, निशुल्क बिरुवा बितरण, -वातावरण सम्बन्धि जनचेतना, विद्यार्थीहरुलाइ सरसफाइ एवं संरक्षण कार्यक्रममा सहभागी गराइ पाठ सिकाउने प्रयास, विद्यार्थीहरुबाट आएका जिज्ञासा्ल मेटाउने प्रयास जस्ता थुप्रै कार्यक्रमहरु संचालन गरेको ।

० वातावरण प्रदुषणको हुनुको कारण के हो ?

– वातावरण प्रदुषण विश्वको सबैभन्दा ठूलो समस्या रहँदै आएको छ जसले विकृति र मृत्युदर बढाउन प्रमुख भूमिमा निर्वाह गरेको छ ।  वातावरण प्रदुषण हुनु को मुख्य कारणहरु शहरीकरण र औद्योगीकरण (वायु ध्वनि जल तथा भूमि प्रदुषण),  उत्खनन र अन्वेषण (वायु ध्वनि तथा भूमि प्रदूषण), प्लास्टिक को अत्यधिक प्रयोग (जल वायु तथा भूमि प्रदूषण), कृषि गतिविधिहरु ।

० अहिलेको परिवेशलाइ हेर्ने हो भने कति मान्छे आक्सिजन बिना मरिरहेका छन यो विषयमा वातावरण संरक्षणहरुले कसरी लिरहेका छ त ?

– हजारौ मान्छेहरु अक्सिजनको कमीले गर्दा मरिरहेका छन् । प्रकृति हामीसंग रुष्ट हुनुहुन्छ भन्ने कुरा यसबाटै पुष्टि हुन्छ । जुन अक्सिजन नवीकरणीय स्रोतहरू मध्ये एक थ्यो त्यसको आज कमी ले लाखौं ज्यान गैसकको छ।   वातावरण संरक्षकहरु ले यस विषय लाई एउटा जटिल समस्या को रूपमा लिएका छन्। उनीहरू अनुसार मान्छे कै गल्ती ले मान्छे लाई आज भोग्न परिरहेको छ। अर्थात् राम्रो भविष्यका लागि विकास आवश्यक छ तर मात्र जब कुनै पनि परिवर्तनहरूले वातावरण मा भएका स्रोत हरु लाई व्यर्थ नहुने तरिकामा विकास गरिन्छ । यदि हामीले अझ पनि प्रकृति को संकेत लाई बुझेनन् भने यो भन्दा नी भयावह दिन आउन बर छैन ।

० हरियो बन नेपालको धन नारालाइ कसरी बुझाउनु हुन्छ ?

-मत्स्य पूराण अनुसार “दस कुवा बराबर एउटा पोखरी हुन्छ, दस पोखरी बराबर एउटा पुत्र हुन्छ र दस पुत्रहरू बराबर एउटा रुख हुन्छ” । रुखको आफ्नो छुट्टै महानता छ। धनी भन्ने बितीकै पैसा भएका मात्र हैन । आफूसँग भएका सम्पत्ति ले मान्छे लाई धनी बनाउने गर्दछ। त्यो सम्पति कोसैकोलागि पैसा होला कोसैको लागि इज्जत कोसै को लागि मान सम्मान र प्रतिष्ठा । त्यसैले सानै बाट सुन्दै आएको एउटा असहनीय बयान लाई गलत भन्दै “भन्न सिकम हाम्रो देश नेपाल गरीब होइन” । प्रकृति ले नै हाम्लाई धनी बनाएको छ।  निश्चय पनि हरियो वन नेपाल को धन हो। यहाँ भएका ठूला ठूला जंगल हरुले यहां को सुन्दरतालाई झन् बढाएका छ्न। यसका साथ साथै वन को आफ्नो छुट्टै महत्व छ । वनबाट अनेकौँ जडीबुटीहरू निस्कने गर्छ।

वनबाट नै पशुहरूलाई घाँस प्राप्त हुन्छ। सलाई बनाउने काठ, चन्दन, रबडको लस्सा, लह, मसला, बास इत्यादि वनबाट प्राप्त हुने गर्छ। करोडौं जीव जन्तु हरुलाई गास तथा बास दिने वन ले हाम्लाई धनी बनाएको छ।

० कहिले काहीँ मन मा आउदैन यो मैले भन्दा येस्को निकायले येस्ता कामहरु गरेको भए अझ राम्रो हुन्थियो कि भनेर?

– हुन त हो तर रुखले निकायहरुलाइ मात्र आक्सिजन दिदैनन तपाई हामी सबैलाइ एकसाथ आक्सिजन उपलब्ध गराएका हुन्छ्न ठिक त्यही प्रकार जब प्राकृतिले हामी बिच कुनै भेदभाव गर्दैनन भने हामिले पनि यो मेरो काम होइन भन्नू मिलदैन, तपाईं हामी सबैले वातावरण जोगाउने र संरक्षण गर्ने सबैको दायित्व हो ।

० वृक्षारोपण मात्र गर्ने र हेरचाह र संरक्षण नगरिदा रोपिएको बिरुवा समेत नष्ट हुने दिखिन्छ नि ?

-हो वृक्षरोपण मात्र गरे सोचे जस्तै फल न आउन सक्ला, वृक्षरोपण भनेको एउटा बच्चालाई जन्म दिनु सरह हो , त्यो बच्चा लाई जस्तो हुरक्याइयो जस्तो वातावरण मा राखियो त्यस्तै प्रतिफल ऊस बाट पाइन्छ । बोट बिरुवा नी तेस्तै हुन्छन् । सुरुवाती दिनहरू मा अलिक बढी ध्यान दिन पर्दछ, नष्ट हुन बाट बचाउन पर्दछ। अनि मात्र ठूलो भयेसी हामीले सोचे जस्तो प्रतिफल पाउन सक्छौं। त्यसैले वातावरण संरक्षण एउटा सिंगो व्यक्ति ले मात्र गरेर हुन्न । प्रत्येक मानिस ले आफ्नो कर्तव्य निभाउन जान पर्छ। हेरचाह को जिम्मा स्थानीय लाई दिनु सबसे राम्रो उपाय हो र उनीहरूको मन मा आफ्नो पन को भावना लाई सिर्जना गराउनु सम्बन्धित निकाय को दायित्व हो ।

प्रत्येक मानिसको मन मा यो ज्ञान हुनु अति आवश्यक छ ” भोलि बाँच्न को लागि आज बचाउनु आवश्यक छ”।

० समाजिक सेवा गरेर जिन्दगी चल्छ त ?

– समाजिक सेवा गरेर जिन्दगी त चल्दैन तर जुन आनन्द समाजसेवाबाट पाउने गर्दछ त्यो आनंदको कुनै मोल नै हुन् । दुखि, गरिब, असहायलाई मात्र होइन समाजसेवाले हुनेखाने, पैसावालाहरुलाइ पनि हासिलो मुस्कान प्रदान गर्दो रहेछ त्यो खुसिलाइ आफैलाइ समेत महसुस गरिछ जुन दुखलाइ सबै सम्पतीले सामाधान गर्न सक्दैन त्यसलाइ समाजसेवाले सामाधान गर्दो रहेछ भन्ने कुराले खुशी बनाउदो रहेछ ।

० जादा जाँदै अन्त्यमा के भन्नू हुन्छ ?

– यो सन्सारमा यदि भगवान, ईश्वर, अल्लाह हुनुहुन्छ भने त्यो साक्षात हवा, पानि, रुख, सुर्य, आगो, माटो लगायत वातावरण नै देविदेवता हुन हामि सबैले इ सबैकुराको हेरचाह गर्नुका साथै जोगाउने कार्यमा सबैले हातेमालो गर्नै पर्दोरहेछ आउने पिडिहरुलाइ समेत यसको बारेमा जनचेतना गराए मात्र आउने पिडि निरोगी एवं सूखी जीवन बिताउन पाउनु हुन्छ जस्तो लाग्दछ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।