प्राय विद्यार्थीहरु घन्टौको दूरी हिडेर श्री कृष्ण बर्णेस्वर मा.बि.मा पढ्न पुग्ने गथ्र्यो । आसपासका स्कुलबाट मात्र होइन छिमेकी गा.बि.स.हरुबाट पनि । विशेष गरि गणित र बिज्ञानको राम्रो पढाई हुनाले धेरै विद्यार्थी र अबिभाबकहरुको रोजाइमा पर्दथ्यो त्यो स्कुल । २०५७।०५८ तिर देशमा गृहयुद्धकोको कारण सदरमुकाम केन्द्रित हुने गथ्र्यो एस.एल.सि. परिक्षा निकै कडा र सुरक्षाको घेरा भित्र हुने गथ्र्यो र त्यो बेला प्राय स्कुलहरुले एस.एल.सि.मा शुन्यताको परिणाममा हुने गर्दथ्यो तर बर्णेस्वरले भने थोरै संख्यामा उतिर्ण गराएर भएपनी सुन्यता हुनबाट बचाउन सफल हुन्थ्यो । जसको श्रेय स्कुल ब्यबस्थापन, शिक्षकहरु लगायत बिशेष गरि गणित र बिज्ञान पढाउने ङेमा सरलाई जान्थ्यो कि फेल हुनेहरु अधिकांश यिनै दुई बिसयमा हुने गथ्र्यो । प्राय ङेमा सरले आठ कक्षादेखि दससम्म यी दुई बिसय पढाउनु हुन्थ्यो ।

जुन बेला देखि म ङेमा सरको विद्यार्थी भए उहाँलाई चिन्ने र बुझ्ने भए तब देखि यस्तो लाग्यो सबैभन्दा ठुलो र जान्ने मान्छेनै ङेमा सर हो । धेरै जस्तो विद्यार्थी र अभिभाबकले उहाँको ट्यालेन्टको बयान गर्दा यस्तो सोच्थे म पनि पछि ङेमा सर जस्तै बन्न सकुँ ।

एकदिन कक्षा नौको पढाइको सिलसिलामा सदाझै पहिलो घण्टी अंग्रेजी सकेर दोस्रो घण्टी गणितको लागि ङेमा सर कक्षामा आउनु भो । अघिल्लो दिन नै बिजगणितको बाबुछोरा बिचको उमेर निकाल्ने अभ्यासको केही मोडेल प्रश्नहरु हल गराउदै बाबुलाई x छोरालाई y मानी बितेको समय छन भने माइनस (-) र आउदै गरेको समय छन भने प्लस (+) चिन्ह राखी समिकरण बनाएर जति सम्म सकिन्छ अभ्यास गरेर आउने नआएको म गरिदिउला भन्नू भएको थियो तर त्यस दिन सबैलाई अभ्यासको कापी देखाउनु भन्दा ८० प्रतिशतले अभ्यास नगरेको पाएपछि ङेमा सरलाई मानसिक र भाबनात्मक तनाब परेको थियो । तसर्थ कालोपाटीका अक्षरहरुलाई डस्टरको सहायताले एक ध्यानले मेटाउनु भो । अक्षरहरु धुलोमा परिनत भएको थियो भने त्यो धुलोका कणहरु अन्तिम गन्तव्य जमिनतिर झरिरहेको थियो । कक्षा सुनसान थियो । सायद डर र कमजोरीको कारण होला विद्यार्थीहरु चुप थियो ।

सरले अघिल्लो बेञ्चबाट किताब लिनुभो उहीँ बाबुछोरा बिचको उमेर निकाल्ने अभ्यासलाई पल्टाउनु भो, अनि सबै विद्यार्थीलाई नियाँल्नुभो । पुन किताबलाई बेञ्चमा राखिदिनुभो र सुस्तरी शब्द शब्दहरुको वाक्यांशलाई हामी माझ राख्दै हाँस्नुभो । हुन त अरु बेला पनि बिद्यार्थिको दिमाग फ्रेस गराउन बेला, बेलामा बाहिरी कुनै ज्ञानबद्र्धक बिषयहरु राख्नुहुन्थ्यो तर त्यो पटक भने घटना अलग थियो र त्यो घटनाले फरक परिबेश सृजना गरिदिएको थियो ।

तिमीहरु समय बिताउन, बुबाआमाको कर र रहरलाई टार्न मात्र पढ्न आएको हो कि कर्तव्य र जिम्मेवारी बोध भएरै आएको हो ? स्कुल आउने, हाजिरी गर्ने, घर जाने, ढिँडो पचाउने यतिनै हो ? होइन भने परिणाम खोइ ? यति जाबो अभ्यास गरेर आउ भन्दा त गर्दैनौ भने पढ्न आएर के काम ? नौ कक्षा भनेको ४० प्रतिशत एस.एल.सि.मा प्रश्न आउने र दस कक्षाको आधा त हो ।

ङेमा सर भन्दै हुनुहुन्थ्यो, ‘जति तल्लो कक्षामा त्यतिनै सजिलो माथिल्लो हुन्छ । अर्को सालमा त तिमीहरुकै हो त एस.एल.सी. । ख्याल, मजाक सम्झेको छ ? तिमीहरुको यस्तै मजाकले त्यो फलामको ढोका खोल्न सकिन्छ ? तिमीहरुले सकिन्छ मात्रै भन्न । मलाई पनि यहाँ बोलिरहनु पर्ने केही छैन । तिमीहरुलाई गाली गर्न आएको पनि होइन म । के थाहा बल भरेको पाखुरी छ । आज मैले दिएको सुझाव भोलि तिमीहरुको लागि गाली भइदियो भने मलाइ नै अप्ठ्यारो डर छ नि मलाई पनि । फेरि नभनौ भनेनी भा छैन ।’ उहाँ अझ थप्दै हुनुहुन्थ्यो, ‘हिजो मैले सुत्रहरु प्रयोग गरेर केही प्रश्नहरु हल गरिदिएको होइन ? अनि त्यसै अनुसार सक्ने, आउनेसम्म गरेर आउन भन्दा छैन अनि खोइ तिमीहरुमा गम्भिरता ? ल मिलेन रे, सकिएन रे, ए बाबा, देखाउन त कहाँबाट, कसरी कुन तहबाट मिलेन म पनि हेरुँ । गर्दै नगरी मिलेन, आएन, सकेन कति सजिलो । एस.एल.सि. स्कुलको जाँच जस्तो होइनन त सदरमुकाममा हुन्छ । कडा हुन्छ, गार्हो हुन्छ । दस–दश बर्षसम्म बुबाआमाले तिमीहरु माथी गरेको लगानी, आफ्नो लगानीको यहि तरिकाले परिणाम निकाल्न सकिन्छ ? दिनभरी कक्षामा हाई काट्यो, सरहरुले लेखेर दिएकोलाई समेत सार्न सकिएको छैन, एक घण्टी सक्यो पाँच मिनेट गयो, दुई घण्टी सक्यो पानी पिउन गयो । कक्षामा विद्यार्थीले शिक्षक पर्खिने होइनको शिक्षकले चाहिँ विद्यार्थी पर्खिनुपर्ने, छुट्टी भएपछी बाटो–बाटोमा खोपी खेल्यो, साँझ परेपछी घर पुग्यो आमाले पकाइदिएको ढिँडो खायो लमतन्न पलट्यो, फेरि भोलि उहीँ तरिका ।

ङेमा सर अझ सम्झाउँदै हुनुहुन्थ्यो, ‘मेरो लागि गर भनेको हो ? बुबाआमाको लागि हो? हामी त दुःख पाइयो, अबुझ भइयो, कालो अक्षर भैंसी बराबर भो । सन्तानले त दुईचार अक्षर चिनोस, बुझोस, केही गरोस भन्ने तिमीहरुको लागि होइन ? भोलिदेखी स्कुल आउनु पर्दैन । घरमै बस, गोठालो जाउ, हलो जोत आमालाई साहारा बाउलाई भरोसा हुन्छ । कमसेकम माटो चलायो भने केही त दिन्छ माटोले । हामीले जस्तो बहाना बनाएर आफ्नो धर्म छोडदैन माटोले । तिमीहरुको बुबाआमाले तिमीहरुबाट जति आशा गरेको हुन्छ । हामीले पनि त्यतिकै गरेको हुन्छौ । तिमीहरुको सफलतामा बुबाआमा, स्कुल, शिक्षक, आफन्त र गाउँ ठाँउको इज्जत, सान हुन्छ । फलानो स्कुल, फलानाको छोराछोरी, फलाना गाउँको । त्यसैले त म पनि यी बिहानै आउ, ट्युसन गराउ, फेरि दिनभरी तिमीहरुसँगै । मलाई चाहिँ थकाइ, भोक, अल्छी लाग्दैन ? अनि तिमीहरुको तरिका यस्तो । डुङ्गा हिड्दै छ पाइला मेट्दै छ योहि त भयो नि होइन ?’

ङेमा सरको एकपछी अर्को सब्दहरुले हामीहरुलाई निकै कमजोरी महसुस बनाएको थियो । सायद हामीले गरेको अल्छिपनले आफैले आफैलाई कर्तव्यहिन बनाइरहेको थियो । कक्षा एकदम सुनसान थियो अरुबेला खासखुस भैरहने, एकार्कालाई कलमले केर्ने, घोच्ने, बाहिरा हिडिरहको विद्यार्थीलाई कागजको डल्लाले हान्ने मात्र होइन कतिपय त निदाउथ्यो पनि तर त्यो दिन त्यस्तो थिएन लाग्थ्यो सास फेर्न पनि भुल्योकी झै, एकदम शान्त ।

‘हिजो अमेरिकाको ट्विन टावर र पेन्टागनमा प्लेन क्र्यस गराएर हमला गरेको छ । टावरमा पनि ठुलो क्षेती पुगेको छ भने १ सय १० तल्लाको पेन्टागनको ९३ देखि ९९ सम्मको तल्लाहरूमा ठुलो क्षती पुगेको छ । ङेमा सरले थप प्रसंग संगै सुरु गर्नुभएको कुराले हामी झन आश्चर्य र उत्सुकता भएको थियो । त्यो बेला कुनै घटना, खबरहरु प्राप्त गर्ने हामीहरुसँथ माध्यम थिएन । कसैकोमा भइहाले पनि त्यस्तो परिघटनाहरुलाई बिश्लेशन गर्न सक्ने क्षमता थिएन तर सरसँग यी दुबै हुनाले हामीले पनि थाहा पाउन पाइयो । त्यो ट्विनटावर बिस्वकै ठुलो ब्यापारीक केन्द्र हो जहाँ ४३० वटा ब्यापारिक संस्थाहरु त्यहाँ सन्चालनमा थियो भने पेन्टागन एउटा सरकारी कार्यलय हुन । तिनै माथी अफगानी नागरिक ओसामा बिन लादेनको योजनामा हमाला भाएको हो जो अमेरिका आफैले पालित, पोशीत ब्यक्ति हुन । अमेरिकामै बसेर उसैको भात खाएर अमेरिका आफ्नै प्लेन कब्जा गरेर क्र्यास गराइदिएको छ । ठुलो मात्रामा धन, जनको क्षेती भएको छ ।’ सरले यति भन्दै गर्दा होमराजले सोध्यो, किन सर त्यही देशले पालनपोषण गरेको मान्छेले त्यही आक्रमण गरेको?’

सरले जिज्ञासा मेटाउँदै भन्नुभयो, ‘अमेरिका आज बिस्वकै शक्तिशाली देश हो राजनैतिक, आर्थिक, प्राबिधिक र सामारिक पक्षले । उसको शक्ति एटम बमसँग छ, जुन दोस्रो बिस्वयुद्दमा जापानको हिरोसिमा र नाकासाकिमा खसालेको थियो, चन्द्रमा सँग छ । सबैभन्दा पहिला प्राणी पठायो, सेनासँग छ जुन बिस्वकै दुई तिहाइ देशमा परिचालन छ जसले गर्दा आज उ बिस्वकै शक्तिशाली छन । फेरि त्यो शक्तिशाली बनाउन हजारौ क्षेमतावान मानिसहरुको योगदान थियो होला फेरि तिनै क्षेमतावान मानिसहरुको योगदानलाई सम्मान गरेर अघि बढ्न त दक्षतावान मान्छेहरुकै खाँचो पर्छ । अहिलेसम्म अमेरिकाले जति विद्वान, बैज्ञानिकहरु जन्माएको छन त्यो सबै आफ्नै मात्र नागरिक होइनन उनिहरु भनेको आफ्नो स्रोत र साधानमा अरुको क्षमतालाई प्रयोग गर्ने हो । त्यस्तैहरु मध्यको बिन लादेन पनि एक होलान जसले घटना गरायो । सबै त एउटै कहाँ हुन्छ र ? यहि हेरौन त हिजो मैले सबैलाई समान रुपमै सिकाएको र भनेको होइन अभ्यास गरेर आउ भनी तर तिमीहरु केहिले गर्यो धेरैले गरेन सबैमा सम्मान स्वभाव कहाँ पाइन्छ ? हामी अरुले पतालगाइ दिएको सुत्र प्रयोग गरेर त अभ्यास गर्न सकिन्न तर उनिहरु पटक पटक अभ्यास गरेर विधि, प्रबिधी पत्ता लगाउछन जसको परिणाम आज अमेरिका विश्वकै शक्तिशाली छन् ।

अमेरिका भन्दा शक्तिशाली देश अरु चाहिँ हुन सकिन्छ कि सकिन्न सर? बिरु थापाको प्रश्नमा सरले उतर दिनु भो, ‘मैले अघि भनेझै सबै पक्षहरुमा आजसम्म अमेरिका नै बलियो छन तर भोलि हुन सकिन्न भन्ने चाहिँ होइन । हरेकको सुरुवात हुन्छ र अन्त्य पनि । अब अमेरिका पछि हुने भनेको चीन हो चीन हरेक हिसाबले उसँग प्रतिस्पर्धामा छ । चीन पहिला जापानको अधिनमा रहेको देश हो । माओत्सेतुङले २७ बर्ष सम्म संघर्ष गरेर जापानको अधिनबाट देशलाई मुक्त गराएर स्वतन्त्र बनाएको थियो जुन आज शक्तिशाली देशको दौडमा छन् । त्यससँगै नेपालको कालापानी, काँगाडा पुर्ब टिस्टा, बलभद्र कुवँर, भक्ती थापा लगायत अमरसिंह सम्मको बिरतासँगै अंग्रेज युद्ध सम्मको ईतिहास जोड्नु भयो जसले गर्दा आज हामी बिश्वमा गोरखालीको सानसँगै स्वतन्त्रता छौ ।’

ङेमा सरले यति भन्दै गर्दा टिङ टिङ टिङ तेस्रो घण्टीको जनाउ दियो अफिसबाट पालेदाइले । ङेमा सरको पिरिएड पनि सकेको थियो । हातमा चक अनि डस्टर लिदै फेरि भन्नु भो यहीँ अभ्यास फेरि भोलि गरेर आउने नमिलेको म गरिदिन्छु । मान्छेले उहाँ रेडियो, टिभि, टेलिस्कोप बनाइसक्यो, जुन, मंगलमा गैसक्यो । हामी यहाँ अरुले बनाईदिएको सुत्र प्रयोग गरेर अभ्यास समेत गर्न सक्दैनौ ।
उनिहरु पनि अभ्यास, मिहेनत गरेरै सफल भएको हो अभ्यासनै सफलतामा पुर्याउने एक आधार हो त्यसैले तिमीहरुसँग पनि अभ्यास गर्नुको बिकल्प बाहेक अरु छैन । यति भन्दै सर बाहिरिनु भो ।

दिनभरिको पढाई सकेपछी चार बजे छुट्टीको घण्टी बज्यो । सबै बिद्यार्थीहरु आ–आफ्नो घर जान कोहि उतरदक्षिण कोहि पुर्बपश्चिमको यात्रा तय गर्दै थियो । म पनि अर्को कक्षाकी सिताको खोजी गर्दै पुर्बको यात्रा तय गरे । हामी एउटै बाटो हुँदै एकै ठाँउमा पुग्ने साथि थियौ । सीता माथी मलाई नै पर्खिरहेको देखेर म विद्यार्थीको भिडबाट निस्किदै गर्दा मेरो दाहिने गालामा एक सानो ठोस बस्तु आइ लाग्यो र त्यो भुइँमा झर्यो । त्यो गालामा लागि झरेको बस्तुको खोजी गर्दा सानो चकको टुक्रा देखेर म अचम्मित भए यो कसरी यहाँ आयो? तिनै भिडबाट भिडमा नियाल्दा दक्षिणपश्चिम लाग्दै गरेको ङेमा सरलाई म तर्फ हेर्दै मुसुमुसु हस्दै गरेको देखे । एकिन भो त्यो चकको टुक्रा सरको प्रहार हो भनी । खास म शिक्षकहरुसँग नजिकबाट बोल्न र भेट्न डराउने मान्छे सरलाई देखेर अलि डराए लज्जिए ।

दिनभरी उनै सरले बिहान कक्षामा बोल्नुभएको हरेक शब्द सब्दहरुले एकछत्र राज गरिरहेको मेरो दिल र दिमागलाई चकको टुक्रा प्रहार गरि झस्काउने मेरी ङेमा सर पनि बिन लादेन भन्दा कहाँ कमि हुनुहुन्थ्यो र ? आफ्नो विद्यार्थीहरुलाई सहज बनाउन सहज क्रियाकलाप गरिरहने सेतोमा कालो धर्के सर्ट, कालो पाइन्टमा लेदरको ज्याकेट अनि गोल्डस्टार जुत्ताको पहिरनमा ओराली झर्दै गरेको ङेमा सरलाई उकाली चढ्दै गरेकी मेरी आखाँले ओझेल नपरुन्जेस सम्म हेरिरहे । सायद सेप्टेम्बर २००१ को त्यो ट्विनटावर, पेन्टागन फेरियो होला तर सयौं विद्यार्थीहरुलाई कर्तव्यनिष्ठ र जिम्मेवारीबोध बनाइरहने मेरी ङेमा सर उस्तै होलान कि फेरियो होला? यि एक प्रश्न बोकि कतै दुर बस्तिबाट सम्झिरहेकी म उनै सरलाई कतै देखे भने हेर्न चहान्छु र भेटिए भने माग्न चहान्छु फेरि उस्तैगरी गल्तिहरुमा मिठास गाली अनि ट्विनटावर र पेन्टागनका कथा सुन्ने एक मौका ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।