एक जना पूर्व आईजिपिले एउटा विद्वतहरुको भनिएको कार्यक्रममा नेपालमा “विदेशी शक्तिले खेलिसक्यो, नेपाल साह्रै कमजोर भइसक्यो, राष्ट्रिय सुरक्षा छैन, जनताबाट बनेको सरकार र अझ अहल नेको अन्तरिम सरकारले देशको रक्षा गर्न सक्दैन, यो देश अव रहँदैन, जनता पनि एक ढिक्का छैन, चीन र भारत त्यति शक्तिशाली छ कि यिनीहरुले अव सहँदैन, नेपाललाई अव बाँकी राख्दैन, त्यसैले राजतन्त्र एक मात्र विकल्प हो, राजतन्त्र फेरि स्थापित गर्नुपर्छ, अनि मात्र देशको विकास हुन्छ” भनेर भाषण गर्दै गरेको रहेछ र यसलाई सामाजिक सञ्जालबाट व्यापक प्रचार प्रसार गरिएको रहेछ ।

हे मूर्खहरु, हे शोषक सामन्तका भूत प्रेतहरु, हे दासहरु ! तिमीहरुले केही मीठो जुठ्ठोपुरो खान पाएको थियो भन्दैमा राजतन्त्रले देश बचाउँछ ? बचायो ?

राजतन्त्रकालमा ब्रिटिश भारतसँग सन् १८१६ को सुगौली सन्धी गरेर नेपाललाई विदेशीको गुलाम बनाइयो । नेपाललाई औपचारिक रुपमा ब्रटिश उपनिवेश बनाइयो । त्यसपछि नेपालीलाई ब्रिटिश साम्राज्य फैलाउन गोर्खा भर्ती सम्बन्धी सन् १९४७ को सन्धी गरे । त्यसपछि पनि स्वतन्त्र भारतसँग वाणिज्य लगायतका अनेकन असमान सन्धीहरु गरे । मख् नदीहरु बेच्ने सन्धीहरु गरे । देशको प्राकृतिक स्रोत साधनहरु विदेशीको पोल्टामा पुर्याए । देशलाई पूर्ण रूपमा पाधीन बनाए । लिपुलेकमा भारतीय सेनाहरु बस्न दिए । विस्तारवादी भारतले सयौं स्थानहरुमा सीमा मिच्दा पनि चुँसम्म बोलेन । बरु शोषण, दमन र उत्पीडनको विरुध्द आवाज उठाउने र देश बचाउन र असमान सन्धी खारेज गर्नुपर्छ भनेर आन्दोलन गर्ने देशभक्त जनतामाथि बर्बर दमन गरियो ।

अनि २५० वर्षको ईतिहासमा के नेपाल स्वतन्त्र, बलियो र सम्पन्न भयो ? के राजतन्त्रले जनताको सम्मान गरेको थियो ? थिएन । २०० वर्ष पहिले फ्रान्स र नेपालको आर्थिक स्थिति समान थियो, यो मल्ल कालीन समयको देन थियो, त्यसपछि राज्य विस्तारको क्रममा राजा पृथ्वी नारायण शाहका सीमित भाइ भरदार र रैती बाहेक अधिनमा आएका रजौटाका जनतालाई सयौं वर्षसम्म विभेद, उत्पीडन र दमनमा राखियो । राज्यको स्रोत र साधनमा सीमित सामन्तहरुको पहुँच र स्वामित्व स्थापित गरियो, भूपति र भूदासहरुको सृजना गराइयो । राज्यका अंगहरुमा सीमित समुदायको व्यक्तिहरुको हालीमुहाली गराइयो । सीमित मान्छेहरुले राज्यको ढुकटीमा ब्रह्मलुट मच्चाए ।

धनी र गरीव बीच गहिरो खाडल खनियो ता कि गरीव माथि जहिले पनि शासन लाद्न सकियोस् । राजाकै शासनको गर्भभिबाट १०४ वर्षे राणा शासन जन्मियो र जनतामाथि थप उत्पीडन गरियो । हुकुमी शासन चलाइयो । देश टाट पल्टएर विदेशीसँग ऋण लिन शुरु गरियो । उदार र खुल्ला दलाल अर्थतन्त्रको जग राजतन्त्रले नै शुरु गरेको हो । सुन र मूर्तिको अवैध व्यापार दरबारबाटै शुरु भएको हो । यसैले यो सामन्तको अवशेष राजतन्त्र कुनै पनि मूल्यमा ठिक छैन र हुनै सक्दैन ।

यसको मतलव बहुदल, लोकतन्त्र र गणतन्त्रका संसदवादीहरुले चाहिँ सबै राम्रै गरे भन्न खोजिएको हैन, उनीहरुले राम्रो गरेको भए आजको पुस्ता जेनजीहरुले विद्रोह गर्नुपर्ने अवस्था आउँदैनथ्यो । उनीहरुले आफ्नो नीहित स्वार्थ पूर्ति गर्नको लागि विदेशीको कुरा सुनेर दलाल पूँजीवादको सेवा गरे, स्वाधिन र स्वावलम्बी राष्ट्रिय अर्थतन्त्र ध्वस्त पारे । विदेशी दलाल पूँजी भित्र्याए । देशी उत्पादनलाई चरम हतोत्साहित गरे, विदेशी दलाल पूँजीको रक्षा गरे । अन्ततः देशलाई पूर्ण रुपमा विदेशी उत्पादनमा आश्रित बनायो । वेरोजगारले सीमा नाघ्यो । आधारभूत आवश्यकता: गाँस, बास, कपास अनि शिक्षा, स्वास्थ्य र रोजगारको कुनै निश्चितता रहेन । अर्थतन्त्र सीमित दलालहरुको हातमा गयो ।

राज्यका सबै अंगहरु तिनै दलाल र तिनका आसेपासेहरुको क्जामा गयो । सत्तासिन दलहरु चरम निरंकुश भए । यतिसम्म कि तिनका कार्यकर्ताहरु पनि चरम किसिमको (कहिल्यै सुध्रिन नसकिने) झोले र दास बने । यो अतिबाट आजित भएरै जेनजीको विद्रोह भयो । भलै यो विद्रोहको उद्भव, विकास र यसका सहायक अवयव बारे विभिन्न मत होलान्, यो आफ्नो ठाउँमा छ । तर यसले ती सबै फटाहा, ढोंगी, शोषक, विभेदकारी, दलाल, दास, झोले, निरंकुश, लाचार, नकचरो, गुण्डा, घमण्डी, दम्भी र सबैखाले अतिहरुलाई ठुलो धक्का दिएको छ । अझै ती समाप्त भएको छैन । छेउ, कुना र दुलोहरुबाट चियाएर बसेका छन्, शिर उठाउन खोजेका छन्, षडयन्त्रहरु गरिरहेका छन्, गुमेको स्वर्ग प्राप्त गर्ने दाउमा छन् ।

यही बेला राजतन्त्रका भूतप्रेतहरु पनि जाग्न खोजिरहेका छन् ।

वास्तवमा जनता, त्यसमा पनि श्रमजिवी जनता भन्दा ठूलो र सार्वभौम अरु कोही हुन सक्दैन । ईतिहासदेखि यो देश बनाउने र यसलाई जोगाउने जनता मात्र हुन् । जनता बलियो र सम्पन्न नभई देश बलियो हुन सक्दैन र देश बच्न पनि सक्दैन । उदाहरणको लागि अमेरिका, रुस, चीन, फ्रान्स, जर्मन जस्ता सम्पन्न र बलियो राष्ट्रहरु कनै राजाले विकसित र बलियो बनाएका नभई त्यहाँका जनताले बनाएका हुन् ।

यसैले केवल श्रमजिवी जनताले मात्र नेपाललाई बलियो र समृध्द बनाउन सक्छ । देशलाई जोगाउन सक्छ । कुनै राजा, दलाल, दास, झोले, भ्रष्ट र गुलामहरुले हैन ।

अहिलेको विषम परिस्थितिमा देश लुट्न खोज्ने विभिन्न गलत शक्तिहरु सक्रिय छन्, यिनीहरुबाट मुलुकलाई जोगाउन सक्ने एक मात्र शक्ति भनेको श्रमजिवी जनता र यसभित्रका जेनजी पुस्ता हुन् । अहिले जनताको यही पंक्तिको शासन सत्ता स्थापना गर्न र जनताको गणतन्त्र जोगाउन लाग्नुपर्ने अवस्था छ ।

राजतन्त्रका भूतप्रेतहरु मुर्दावाद !

झोले, भ्रष्ट, दम्भी, दलाल मूर्दावाद !

जय देश, जय श्रमजिवी जनता !

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।