काठमाडौं विश्वविद्यालयको ३१औं दीक्षान्त (पहिलो चरण) २०८२ मङ्सिर २४ गते बुधबार सम्पन्न भएको छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा आयोजना केयू परिसर धुलिखेलमा सम्पन्न समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुनसमेत सहभागी हुनुभयो ।

समारोहमा नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्रा. सान्तीश्री धुलिपुडी पण्डितले प्रमुख आतिथ्यता ग्रहण र दीक्षान्त सम्भाषण गर्नुभयो । रजिष्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्ने समारोहमा उपकुलपति प्रा. डा. अच्युत वाग्लेले विश्वविद्यालयका तर्फबाट स्वागत मन्तव्य दिनुभएको थियो ।

समारोहमा विश्वविद्यालयको स्कुल अफ आर्ट्‌सका ८३, स्कुल अफ एजुकेसनका २९४, स्कुल अफ इन्जिनियरिङका ३४०, स्कुल अफ लका ३६, स्कुल अफ म्यानेजमेन्टका ३७८, स्कुल अफ मेडिकल साइन्सेजका ८८१ र स्कुल अफ साइन्सका १९७ गरी जम्मा २ हजार २ सय ९ जना विद्यार्थी यसपटक दीक्षित भएका छन् ।

दीक्षितमध्ये पीएचडी, डीएम र एमसीएच तहका ७ जना, स्नातकोत्तर तहका ३९७ जना, पीजीडी तहका ५० जना र स्नातक तहका १ हजार सात सय २८ जना रहनेछन् । दीक्षितमध्ये पुरुष ५२.२४ प्रतिशत (१ हजार १ सय ५४ जना) र महिला ४७.७६ प्रतिशत (एक हजार ५५ जना) रहेका छन् । दीक्षितमध्ये अष्ट्रेलिया, अस्ट्रिया, बङ्गलादेश, भुटान, बेलायत, भारत, जापान, मलेसिया, माल्दिभ्स, मेक्सिको, नामिबिया, रसिया, स्पेन, श्रीलङ्का, स्विडेन, संयुक्त राज्य अमेरिका, र भियतनाम गरी १७ देशका १९६ जना विदेशी विद्यार्थी रहेका छन् ।

काठमाडौं विश्वविद्यालयबाट पहिलोपटक स्कुल अफ साइन्सेज अन्तर्गत :बकतभच या एजष्यिकयउजथ दथ च्भकभबचअज ष्ल :बतजझबतष्अक मा १ जना र द्यबअजभयिच या क्अष्भलअभ ष्ल ब्नचष्अगतिगचभ मा २९ जना दीक्षित हुनेछन् । त्यसैगरी, स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत पहिलोपटक :बकतभच या :भमष्अब िच्भकभबचअज मा २० जना दीक्षित भए ।

कोभिड–१९ को महामारीले विश्वभर उच्च शिक्षालाई जटिल मोडमा पुर्‍यायो । नेपाल पनि यो संकटबाट अछुतो थिएन । कलेज तथा विश्वविद्यालयहरू बन्द भए, विद्यार्थीहरू आ–आफ्नो गाउँतिर फर्किए, अनलाइन कक्षा त्यो बेलाको तत्काल समाधान त बन्यो तर दीर्घकालीन रूपमा कति टिकाउ होला भन्ने प्रश्नले सबैलाई त्रसित बनाइराख्यो । फेरि विश्वविद्यालयको चौरमा विद्यार्थीको चहलपहल होला कि नहोला भन्ने डर थियो । भर्ना घट्ने संकेत नै देखिन थालेका थिए । तर महामारीपछिको काठमाडौं विश्वविद्यालयको भर्ना तथ्यांक हेर्दा, यस संस्थाले संकटलाई अवसरमा रूपान्तरणा गरेको देखिन्छ । पछिल्ला शैक्षिक सत्रमा विश्वविद्यालयले देखाएको समग्र वृद्धि केवल संख्या होइन—पुनर्जन्म, रणानीतिक विस्तार र अन्तर्राष्ट्रिय आकर्षणको संयुक्त परिणाम मान्न सकिन्छ ।

केही वर्षअघि विश्वविद्यालयहरूमा विद्यार्थी संख्या घट्ने कुरा सामान्य चिन्ताको विषय थियो । आर्थिक अनिश्चितता, विद्यार्थीको विदेशतिरको आकर्षण र प्राविधिक शिक्षा प्राप्त गर्न निजी क्षेत्रको तीव्र विस्तार पनि सार्वजनिक तथा अर्धसार्वजनिक विश्वविद्यालयलाई चुनौती थियो । तर २०८१/८२ र २०८२/८३ का बीचमा काठमाडौं विश्वविद्यालयले सबै स्कुलमा भर्ना वृद्धिमा देखाएको तथ्याङ्कले चुनौती माथि विजय प्राप्त गरी त्यो निराशालाई उल्टाइदिएको छ । विश्वविद्यालयको तथ्यांक अनुसार, विद्यार्थी भर्ना समग्र रूपमा १८ प्रतिशतले बढेको छ । स्कुल अफ इन्जिनियरिङ, एजुकेशन, आट्र्स र साइन्स—सबै तहमा भर्ना उल्लेख्य छ । यद्यपि वृद्धिदर स्कुलअनुसार फरक–फरक देखिन्छ ।

यीमध्ये सबैभन्दा चाखलाग्दो परिवर्तन स्कुल अफ इन्जिनियरिङमा देखिन्छ, जहाँ भर्ना ५६२ बाट ७२२ पुगेको छ । यो संख्या केवल बढेको भर्ना होइन, विश्वविद्यालयले प्राविधिक शिक्षालाई महत्वका साथ अगाडि बढाउनुको परिणम पनि हो । यसका लागि विश्वविद्यालयले इन्जिनियरिङ काउन्सिलबाट समेत सिट थप गराइ भर्ना लिएको हो । कम्प्युटर इन्जिनियरिङ, आर्टिफिसियल इन्टिलिजेन्स, मेकानिकल इन्जिनियरिङ र आर्किटेक्चरमा भर्ना ह्वात्तै बढ्नु केवल बजार–माग (मार्केट डिमान्ड)का कारणा मात्र होइन, विश्वविद्यालयले आफैँलाई प्रविधिक शिक्षामा अग्रपंक्तिमा उभ्याउन थालेको परिणाम पनि हो । एकातिर श्रम बजार (लेबर मार्केट)ले खोजिरहेका क्षेत्रमा कोर्स विस्तार भयो भने अर्कोतिर सीप र रोजगारीसँग प्रत्यक्ष जोडिने प्राविधिक कार्यक्रमहरूमा विद्यार्थीको विश्वास बढ्न थालेको देखिन्छ ।

इन्जिनियरिङ स्कुलमा विद्यार्थी संख्यामा भएको वृछि केवल मध्यम मात्र होइन, कतिपय स्थानमा विस्फोटक देखिन्छ । उदाहरणका लागि, सिभिल इन्जिनियरिङ (हाइड्रोपावर स्पेसलाइजेसन) मा ५७ जनाको वृद्धि भएको छ । जुन नेपालका हाइड्रोपावर परियोजना विस्तारसँगको आकर्षण प्रतिविम्वित देखिन्छ । आर्किटेक्चरमा १८ जनाको वृद्धि तथा कम्प्युटर इन्जिनियरिङ र आर्टिफिसियल इन्टेलिजेन्समा समेत सबैभन्दा ठूलो ध्यान तानिएको छ— कम्प्युटर इन्जिनियरिङमा १३२ र ब्क्ष् मा ६८ जनाको वृद्धि भएको छ । यी तथ्यांकले विश्वविद्यालयले सूचना प्रविधि क्षेत्रमा गरेको लगानी र आधुनिक कार्यक्रमका कारण नयाँ पुस्ताले प्राविधिक शिक्षालाई प्राथमिक विकल्पका रूपमा देख्न थालेको प्रमाणित गर्छ । केमिकल इन्जिनियरिङमा ११ र मेकानिकल (अटोमोबाइल) इन्जिनियरिङमा ९७ जनाको वृद्धि समेत देखिन्छ, जसले इन्जिनियरिङ् स्कुल समग्र रूपमा तीव्र विस्तारको चरणमा रहेको देखाउँछ ।

तर भर्ना वृद्धिको कथा केवल इन्जिनियरिङमा सीमित छैन । स्कुल अफ एजुकेशनले पनि पछिल्ला दुई वर्षमा निरन्तर दोहोरो अंकको वृद्धि देखाएको छ । २०८१/८२ मा ७०३ विद्यार्थी भर्ना हुँदा २०८२/८३ मा यो संख्या ८०४ पुगेको छ । यो वृद्धि केवल संयोग होइन, विगत केही वर्षदेखि नेपालमा शिक्षक–तयारी, समावेशी शिक्षा, क्त्भ्ब्ः, भाषा शिक्षण, नेतृत्व तथा विद्यालय परिवर्तनका कार्यक्रमप्रति बढ्दो रुचिको परिणाम पनि हो । इन्जिनियरिङ पछि उल्लेख्य भर्नादर बढेको स्कुल स्कुल अफ साइन्स हो ।

अन्तर्राष्ट्रिय रुचिमा बृद्धि

काठमाडौँ विश्वविद्यालयमा विस्तारै बढ्दै गएको विदेशी प्राध्यापक, शोधकर्ता र विधार्थीको रुची समग्रमा नेपाल कै उच्च शिक्षाकालागि पछिल्ला वर्षको महत्वपूर्ण उपलब्धि हो । ुत्भबअज–क्ष्ल एचयनचबm’ अन्तर्गत विश्वविद्यालयले सन् २०२५ मा पहिलोपटक सुरु गरेको यस कार्यक्रमले विदेशी प्राध्यापकलाई केयुका प्राध्यापक भन्दा ५० प्रतिशत बढी भत्ता दिने नीति बनायो । सुरुमा जोखिमपूर्ण देखिएको यो प्रस्तावप्रति विश्वभरबाट अत्यन्तै सकारात्मक प्रतिक्रिया आयो । केबल एक महिनाभित्रै विश्वका विभिन्न देशबाट ४५० भन्दा बढी प्राध्यापकले आवेदन दिए । यी तथ्यले बोल्छन्, काठमाडौँ विश्वविद्यालय एउटा अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रको रूपमा विस्तार हुँदैछ । यही कार्यक्रमअन्तर्गत स्कुलले विदेशी प्राध्यापक भित्र्याउने काम उल्लेखनीय रूपमा अघि बढाएको र केही स्कुलहरुले यसमा उल्लेख्य सफलता पनि हासिल गरेका छन् ।

स्कुल अफ आट्र्सको तथ्यांक अनुसार, प्राप्त ४५० आवेदकमध्ये कैयौँको विषयगत रुचि र विशेषज्ञता स्कुलका कार्यक्रमसँग मेल खाएको थियो । अहिलेसम्म करिब आठ जना अन्तर्राष्ट्रिय प्राध्यापकसँग—दुई प्राध्यापक, तीन सह–प्राध्यापक र तीन सहायक प्राध्यापक तहमा— करार सम्झौता भइसकेको छ, र अरू तीन जनासँगको सम्झौता अन्तिम चरणमा पुगेको छ भने ब्राजिल, अमेरिका, बेलायत, दक्षिण कोरिया, जर्मनी र चीनका प्राध्यापक नेपाल आएर अध्यापन सुरु गरिसकेकामा छन् भने स्कुल अफ एजुकेसनमा अहिले ताइवान, भारत, नर्डिक मुलुक र अमेरिका गरी चार देशका विदेशी प्राध्यापक शिक्षणमा संलग्न छन् । यस्तो विविधता नेपालकै विश्वविद्यालय इतिहासमा दुर्लभ छ ।

विदेशी प्राध्यापकसँगै स्कुल अफ आट्र्समा विदेशी विद्यार्थीको उपस्थिति पनि उल्लेखनीय छ । विद्यावारिधी तहमा मात्र यस वर्ष १८ विदेशी विद्यार्थी भर्ना भएका छन् भने शहरी अध्ययन (ग्चदबल क्तगमष्भक) स्नातकोत्तर तहमा दुई विदेशी विद्यार्थी अध्ययनरत छन्, ब्याचलर इन कम्युनिटी डेभलपमन्ट (स्नातक) तहमा पनि चिनियाँ र ब्राजिल गरी दुई देशका विद्यार्थी अध्ययनरत छन् भने मिडीया अध्ययनमा ७ जना, योगिक साइन्समा ४ जना । स्कुल अफ एजुकेसनमा विद्यावारिधी तहमा १० जना, एमफीलमा २, अन्य विद्यामा १० गरि २२ जना छन् । त्यस्तै साइन्स र इन्जिनियरिङमा विद्यावारिधी तहमा १, १ जना साइन्स अन्तर्गतको वातावरणीय विज्ञान स्नातक र स्नातकोत्तर तहमा ८ जना । यो तस्बिर नेपाली विश्वविद्यालयहरूकालागि आफैमा नौलो हो भने समाज विज्ञान र शिक्षा तथा वाताबरणीय अध्ययन विषयहरुमा बढिरहेको आकर्षणले समग्र नेपालको उच्चशिक्षा क्षेत्रमा आशा जोगाउने अवस्था बनेको छ भन्न सकिन्छ ।

हेर्दा यहाँबाट दीक्षित हुनेमध्ये करिब १२ प्रतिशत विदेशी विद्यार्थी छन् । अझ रोचक कुरा, विश्वविद्यालयले अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्वे, रुस, भारत, श्रीलंका, पाकिस्तान, माल्दिभ्स, बंगलादेश मात्र होइन, जाम्बिया, दक्षिण अफ्रिका र बेनिन जस्ता टाढा अफ्रिकी मुलुकका विद्यार्थीसमेत उच्च शिक्षाका लागि आकर्षित गर्न सफल भएको छ । यस्तो विविधताले काठमाडौँ विश्वविद्यालयलाई नेपालकै सीमित दायराबाट बाहिर निकालेर ग्लोबल एजुकेसन हबको रूपमा उभ्याएको छ ।

३१औं दीक्षान्त (पहिलो चरण) सहित गरी हालसम्म काठमाडौं विश्वविद्यालयबाट दीक्षितको सङ्ख्या ५० हजार ४० जना पुगेको छ । तीमध्ये विदेशीको सङ्ख्या ५ हजार ८६० अर्थात करीब १२ प्रतिशत रहेको छ । दीक्षित विदेशी विद्यार्थीमध्ये मुख्य १५ देश र विद्यार्थी सङ्ख्या यस प्रकार छ ।

नियमितझैं विश्वविद्यालयका सर्वोत्कृष्ट विद्यार्थीलाई स्वर्ण पदक वितरण गरिएको छ । चान्सलर स्वर्णपदक स्नातकोत्तर तहमा सबैभन्दा बढी अंक प्राप्त गर्ने विद्यार्थी पनि यस पटक स्पेनकी सुश्री माइटे कास्टेलानो मेन्चाका रहेकी छन् ।

अन्तर्राष्ट्रिय शैक्षिकसंस्थासँग सहकार्य

काठमाडौँ विश्वविद्यालयको विस्तार केवल भर्ना वृद्धि र विदेशी विद्यार्थीमै सीमित छैन । अहिले विश्वविद्यालय ४१ देशका २८४ अन्तर्राष्ट्रिय शैक्षिक तथा अनुसन्धान संस्थासँग सहकार्यमा काम गरिरहेको छ । यी सहकार्यहरू केवल कागजमा रहेको :यग् होइनन्स तिनको प्रत्यक्ष प्रभाव संयुक्त कार्यक्रम, दोहोरो डिग्री र साझा अनुसन्धानमार्फत देखिन्छ । नर्वेको ल्त्ल्ग् र ग्लष्खभचकष्तथ या क्यगतज(भ्बकतभचल ल्यचधबथ सँग संयुक्त एजम् कार्यक्रम सञ्चालन भइरहेको छ । अष्ट्रेलियाको ध्भकतभचल क्थमलभथ ग्लष्खभचकष्तथ सँग म्भखभयिऊभलत क्तगमष्भक मा संयुक्त एजम् चलिरहेको छ । भारतका दुई प्रतिष्ठित प्रविधि संस्थान—क्ष्क्ष्त् :बमचबक र क्ष्क्ष्त् ज्थमभचबदबम—सँग संयुक्त स्नातकोत्तर र पीएचडी कार्यक्रम सञ्चालन भइरहेको छ । अष्ट्रेलियन क्याथोलिक विश्वविद्यालयले काठमाडौँ विश्वविद्यालयसँग सहकार्यका लागि तीनवटा एजम् फेलोसिप उपलब्ध गराएको छ, जसले अनुसन्धान–अवसरलाई अझै विस्तार गरेको छ ।

यी सबै तथ्यहरू एकसाथ राखेर हेर्दा काठमाडौँ विश्वविद्यालयमा भर्ना वृद्धि केवल संयोग वा वर्षगत उतारचढाव होइन, बरु विषयगत विस्तार, कार्यक्रमहरूको बजार–सम्बद्धता र विश्वविद्यालयको अन्तर्राष्ट्रियकरण नीतिको संयुक्त असर हो । आट्र्स स्कुलले अनुसन्धान र सामाजिक विषयहरूमा रुचि बोकेको विद्यार्थीलाई आकर्षित गरेको छ भने एजुकेशन स्कुलले देशभर बढ्दो शैक्षिक सुधारका मागसँग मेल खाने कार्यक्रम विस्तार गरेको छ । इन्जिनियरिङ स्कुलले नेपालका युवा पुस्ताले रोजगारी–मुखी र प्राविधिक सीपमा देखाएको भरोसालाई सही दिशा दिन सफल भएको छ । समग्रमा हेर्दा, वृद्धि भएका कार्यक्रमहरूको यो विस्तृत सूची विश्वविद्यालयको रणनीतिक परिवर्तन, शैक्षिक गतिशीलता र विषयगत सन्तुलन पुनर्निर्माणको स्पष्ट तस्वीर हो । यदि यो गतिशीलता यसैगरी अघि बढिरह्यो भने, काठमाडौँ विश्वविद्यालय केवल नेपालको अग्रणी विश्वविद्यालय मात्र होइन, दक्षिण एसियाकै शिक्षाको केन्द्र बन्नसक्ने सम्भावना दह्रो छ ।

३१ औं दीक्षान्त समारोह (पहिलो चरण)को भोलीपल्ट २०८२ मंसिर २५ गते नै काठमाडौं विश्वविद्यालयले आफ्‌नो स्थापनाको ३४ औं वािर्षकोत्सव समारोह सम्पन्न गरेको छ । समारोहमा विश्वविद्यालयमा २५ वर्ष निरन्तर सेवा गर्ने तथा वि.सं. २०७६ यता सेवा निवृत्त भएकाहरुलाई सम्मान गरियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।