लेखक
-राजिब घिसिङ

केहिदिन अघि नेपालि राजनीतिमा कहिल्यै नसुनिएको “नैतिकताको आधारमा राजीनाम” भनेर एउटा मन्त्रीले राजीनाम गर्दै गरेको सुने, देखे, नेपाली राजनीतिमा राज गरेर राज्यलाई रितो बनाएका शेरबहादुर नै नाम गरेका हरुले नैतिकता को न पनि उच्चारण गरेको अहिलेसम्म सुन्या छैन ।

नेपाली राजनीतिमा सुन तस्कर, लागुऔषध तस्कर, चेलीबेटी तस्कर, अनि मानब तस्करहरुको लस्कर हेर्दा नैतिकताको खडेरी त्यसै प्रस्ट हुन्छ नि अझ तस्करहरुको लस्करको शिर्षस्थानमा शिर्षनेता भनाउँदाहरुको सिंहासन सजिएको छ भनेर म बबुरो ले किन भनि रहनु । उनीहरुले अरुको स्वास्नीसँग होटलमा सुतेर नांगै पर्खाल चढेर भाग्दै गरेकालाई मन्त्रि बनाए, चेलीबेटी तस्करलाई राजदुत बनाये, हत्यारा, बलात्कारी, गुन्डा, भ्रस्टचारी सबैलाई दलको नेतामा अटाये अनि फेरी किन तामाङ शेरबहादुरमा मात्र यति बिघ्न नैतिकताको नशा…?

समस्या र सहानुभूति दर्शाउने क्रममा उनले जे बोले त्येसको प्रायश्तचित उनको आँखाको आँशुमा प्रस्ट देख्निथ्यो । एउतै बिषय अनि प्रसङ्गमा बोलेको “दुर्गेको दादागिरी अनि शेरेको सहानुभूतिमा’ दादाहरुको पनि खुंखार दादा वली दादाले एउटालाई thumbs up अनि अर्कोलाई thumbs down गर्नुमा कपट पूर्ण ब्यबहारको गन्ध त सबैको नाकसम्म आइरहेकै छ नि कसैलाई गनाउनु कसैलाई न गनाउनु आ आफ्नो कुरा हो ।

यदि तामाङ शेरबहादुरमा नारीप्रति इज्जत , सम्मान , सहानुभूति अनि बोलेको कुरामा प्रायस्चित नभएको भए राजीनाम दिने बेलामा उनको आँखामा आशु हैन आक्रोश हुनु पर्थ्यो । मन्त्रि पद को मोहले उनि रोएका भए घरमा एक्लै गएर रुन्थे होलान् किन सारा दुनियाको अघि क्यामेराको अघि रुन्थे र …?

हुनत तामाङहरु बोलि खाने जात होइन, गरि खाने जात हो…। इमान्दार अनि सोझा तामाङहरुले यो देशकालागि कति बलिदानी दिए, दिए तेस्को लेखाजोखा न राज्यले गर्छ न गर्ला भन्ने आशा छ तर पनि चुपचाप आफ्नो पसिना बगाएर, आफ्नो पाखुरी बजारेर आफनो अस्तित्व हिमाल झैँ अटल बचाई राखे ।

तामाङ शेरबहादुर आफै नारि अधिकारका लागि, समानताका लागि धेरै काम गरेका अभियेन्ता, नेता हुन् बोल्न खोजेका कुरा अरुले अर्कै बुझिदिये काम त राम्रै गरिरहेका थिए नि । केहिसमयको अन्तरालमा २ जना होनहार तामाङ भूमिपुत्रले पत्रकार, क्यामेरा अनि दुनियाँको अघि आँशु झारेको देखे कुलमान अनि शेरबहादुरले जे जति बोल्नु पर्ने हो उनीहरुको इमान्दारिता, बफादारिता, सोझोपना सबै आशुले बोलिरहेको थियो । स्वभावैले तामाङहरु चिप्लो चाप्लो घस्न जान्दैनन्,चाप्लुसी चम्चागिरी यिनीहरुको बसको कुरा होइन मुखमा रामराम बगलीमा छुरा गर्न जान्दैन्न । यिनीहरुलाई बोल्ने माइक होइन काम गर्ने कुर्सि देउ गरेर देखाइ दिनेछन ।

तामाङहरु इमान्दार अनि सोझा हुन, बुद्दी नभएका र असक्षम हुदै होइनन । विज्ञानका बिभिन्न विभागहरु मध्ये Anatomy (शरिर रचना विज्ञान)ले तामाङ जाति हुनुकै कारणले तामाङहरुको शरीरमा कुनै हर्मोनको कमि, कुनै भिटामिनको कमि, वा कुनै कमजोरी हुन्छ भनेर प्रमाणित गर्ने सक्दैन त्यो हुने कुरा पनि हैन, आफूहरुलाई सर्बश्रेसठ अनि ब्रम्हाको मुखबाट जन्मेको हूँ भन्नेहरु जतिकै तामाङहरु पनि योग्य अनि सक्षम छन् मात्र कुरा अबसरको हो अनि अवसरको सदुपयोगको हाे ।

बृहद, विशेष अनि बिशाल आफ्नै संस्कृति,सम्पदा अनि हिमाल झैँ अटल अस्तित्व अनि इतिहास बोकेको तामाङ समाजले एउटा मन्त्रि पाउदैमा, एउटा राजदुत हुँदैमा, एउटा सिडिओ हुँदैमा गर्ब गर्नु पर्ने अनि गुमाउँदैमा रोइलो गर्नु पर्ने कुनै कारण छैन, धेरै कुरा गर्न बाकि छ धेरै कुरा हुन बाकि छ तर नेपालि राजनीतिका इमान्दार, होनाहार अनि योग्य ति तामाङ समाजका कयौ राजनीतिकर्मी अनि अगुवाहरुलाई अवसर न दिएर पलाएन हुन बाध्य बनाएको राजनीतिक दाउपेचको शिकार बनाएको इतिहास देखेको छु कहिँ यो तामाङ शेरबहादुर काण्ड पनि तेसैको निरन्तरता त होइन …?

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।