भक्तपुर । चाँगुनारायण नगरपालिकाको दुवाकोटमा अवस्थित नेपाल इन्जिनियरिङ्ग कलेज कुनै सार्वजनिक कलेज नभएको उच्च अदालतले जनाएको छ । नीजि लगानीबाट खोलिएको कुनै पनि कलेज सार्वजनिक नहुने जनाउँदै उच्च अदालतले निर्णय गरेको हो ।
कलेजलाई सार्वजनिक सम्पत्तीका रुपमा ब्याख्या गर्दै आएका पूर्व संचालक दिपक भट्टराई , उनका छोरा हाल संचालक सलिल भट्टराई र अर्का संचालक हरि पाण्डेले आफ्नो नीजि स्वार्थका लागि कलेज सार्वजनिक सम्पत्ती भएको जनाउँदै आएका छन् । उनीहरुले कलेज सार्वजनिक सम्पत्ती भएको बताउँदै विभिन्न समिति उप समिति आदी बनाउँदै आफ्नै अलग्गै संचालक समिति बनाई कलेज हडपी रहेको अवस्था छ ।
कलेजका ७ संचालक मध्य ५ संचालकलाई केहि स्थानिय माफियाको सहयोगमा बाईपास गर्दै २ संचालकले कलेज सार्वजनिक हो भन्दै बिर अस्पतालको नाममा भएको जमिन हडप्ने दाउ उपर काम गर्दै आएका छन् ।

नेकले विगतमा भोग चलन गर्दै आएको जमिन हाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा गएपछि कलेज सार्वजनिक सम्पत्ती हो भन्दै कलेजले भोग चलन गरेको जमिन आफ्नो बनाउन कलेजमा अनाधिकृत रुपमा नगरपालिकाका मेयर लगाएत अन्यलाई नियुक्ती दिदै उनीहरुलाई कलेजले भोग चलन गरेको न्याम्सको जमिन फिर्ता गर्न विभिन्न चलखेल गर्दै आएको छन् ।
यसै विच उच्च अदालतले भने उक्त कलेज कुनै पनि हालतमा सार्वजनिक हुन् नसक्ने जनाएको छ ।
न्यायाधीश अग्निप्रसाद थपलियाको एकल इजलासले कलेजको विश्व विद्यालयमा बुझाएको विधान नै नियमकारी हुने जनाएका छन् । यस्तै नेक विश्व विद्यालयबाट सम्वन्धन लिई नीजि लगानीमा संचालन भएको कलेज बताउँदै नीजि लगानीमा संचालन भएको कलजे सार्वजनिक नहुने समेत उल्लेख गरिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।