तेमाल । नेपाली सांगीतिक क्षेत्रको निक्कै नै लोकप्रियत गायक राजु लामा तेमाल आउने भएको छ ।
तिनै सदाबहर, चर्चित र लोकप्रिय गायक राजु लामा र उनको व्याण्डले काभ्रेको तेमालमा हिन्दुहरुको महान चाड बडादशैंको उपलक्ष्यमा आगामी कार्तिक ३ गते ‘लाईभ कन्सर्ट’ लिएर आउन लागेको हो । राजु लामा जति चर्चित छ उनको व्याण्ड मंगोलियन हर्ट त्यति नै चर्चा र स्थापित व्याण्ड नै हो ।

काभ्रे जिल्लाको धार्किम पर्यटन देखि लिएर प्राकृतिक पर्यटनको ठूलो सम्भावना बोकेको तामाङ समुदायको ऐतिहासिक स्थल तेमालमा राजु लामाले पहिलो पटक ‘लाइभ कन्सर्ट’ गर्न लागेको हो ।
आफ्नो रजत महोत्सवको उपलक्ष्यमा तेमालमा ‘लाईभ कन्सर्ट’ को आयोजना गर्न लागेको मंगोलियन हार्टका गिटरीस्ट बबी लामाले तेमाल अनलाईनलाई बताएका छन् । ‘यो कार्यक्रम विशेष गरेर नेपाली सांगीतिक क्षेत्रमा मंगोलियन हार्टले २५ औं वर्ष पूरा भएकोमा अवसर पारेर सबै शुभचिन्तक, स्रोता र दर्शकहरुलाई धन्यवाद दिनका लागि आयोजना गरिएको हो ।’ लामाले भने– ‘साथै सबै नेपाली स्रोता, दर्शकहरुसँग खुशी बाँड्नका लागि पनि यो कार्यक्रमको आयोजना गरिएको हो ।’
मंगोलियन हार्ट व्यान्ड स्थापना देखि आजसम्म नेपाली स्रोता, दर्शक र शुभचिन्तकले आफू र आफ्नो व्याण्डलाई माया गरेकोमा उनले खुशी व्यक्त समेत गरेका छन् ।
कार्यक्रमको आयोजना भने तेमाल युवा समाजले गर्न लागेको हो । समाजका अध्यक्ष अर्जुन लामाका अनुसार कन्सर्टको तयारी धमाधम हुँदै छ ।
तेमाल तामाङ समुदायको बहुत्यता रहेको र तामाङ समुदायमा निक्कै नै चर्चामा रहेको ह्रीन्जेन दोर्जेले राज्य चलाएको ऐतिहासिक तथा पर्यटकीय स्थल हो । त्यसैले मंगोलियन हार्टको यो कन्सर्टले तेमालको पर्यटन विकासलाई थप टेवा पुग्ने विस्वास तेमालबासीसे गरेका छन् ।
तेमालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक कुराहरुलाई संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको तेमाल युवा समाजले विविध सांस्कृतिक मनोरञ्जन दिने समाजका सचिव एवं कार्यक्रमका कलाकार संयोजक राकेश मोक्तानले तेमाल अनलाइनलाई जानकारी दिए ।
























