जोसेफ स्टालिन जोसेफ स्टालिन

(क) द्वन्द्वात्मक तरिका

‘संसारमा हर चीज गतिशील छ.. जीवन फेरिन्छ, उत्पादक शक्तिहरू बढ्छन्, पुराना सम्बन्धहरू खतम हुन्छन् ।’
–कार्ल माक्र्स

माक्र्सवाद समाजवादको सिद्धान्त मात्र होइन, यो एउटा सिङ्गो विश्वदृष्टिकोण हो, एउटा दार्शनिक प्रणाली हो जसबाट माक्र्सको सर्वहारा समाजवाद स्वाभाविक रूपमा निस्कन्छ । यस दार्शनिक प्रणालीलाई द्वन्द्वात्मक भौतिकवाद भनिन्छ । त्यसैले, माक्र्सवादको व्याख्या गर्नुको अर्थ द्वन्द्वात्मक भौतिकवादको पनि व्याख्या गर्नु हो ।

यस प्रणालीलाई द्वन्द्वात्मक भौतिकवाद भन्नाको कारण के हो ? कारण के भने यसको तरिका द्वन्द्वात्मक छ र यसको सिद्धान्त भौतिकवादी छ ।

द्वन्द्वात्मक तरिका भनेको के हो ?

के भनिन्छ भने सामाजिक जीवन निरन्तर गतिशील र विकासशील छ । यो कुरो साँचो हो ः जीवनलाई कुनै अपरिवर्तनशील र निश्चल चीज ठान्नु हुँदैन । यो कहिल्यै पनि एउटै स्तरमा रहँदैन । यो अनन्त गतिमा, विनाश र सिर्जनाको अनन्त प्रक्रियामा रहेको छ । तसर्थ जीवनमा सधैँभरि नयाँ र पुराना, विकासशील र मरणशील, क्रान्तिकारी र प्रतिक्रान्तिकारीहरू रहेका हुन्छन् ।

द्वन्द्वात्मक तरिकाले हामीलाई के बताउँछ भने हामीले जीवनलाई वास्तवमा जेजस्तो छ, त्यही रूपमा लिनुपर्छ । हामीले जीवन निरन्तर गतिशील रहेको देखेका छौँ, त्यसैले हामीले जीवनलाई गतिशील मानेर यस्तो प्रश्न गर्नुपर्छ –जीवन कतातिर गइरहेको छ ? हामीले के देखेका छौँ भने जीवनले अनवरत विनाश र सिर्जनाको चित्र प्रस्तुत गर्छ । तसर्थ हामीले जीवनलाई त्यसको विनाश र सिर्जनाको प्रक्रियामा हेर्नुपर्छ र यस्तो प्रश्न उठाउनुपर्छ– जीवनमा कुन कुराको नाश हुँदैछ र कुन कुराको सिर्जना हुँदैछ ?

जीवनमा जुन कुरा जन्मेर दिनप्रतिदिन बढ्छ, त्यो अजेय हुन्छ । त्यसको प्रगतिलाई रोक्न सकिँदैन । अर्थात् उदाहरणका लागि वर्गका रूपमा सर्वहारावर्ग जन्मेर दिनप्रतिदिन बढ्दै गएको छ भने त्यो आज जतिसुकै कमजोर र सङ्ख्यामा जतिसुकै थोरै भए पनि आखिरमा गएर त्यसको विजय हुनैपर्छ । किन ? किनभने त्यसको अभिवृद्धि हुँदैछ । त्यसले तागत हासिल गर्दैछ र त्यो अघि लम्किरहेको छ ।

अर्कोतिर जीवनमा जुन कुरो पुरानो हुँदैछ र आफ्नो चिहानतर्फ लाग्दैछ, त्यो आज एक बडेमानको शक्ति रहेको भए पनि, त्यसले अनिवार्य रूपले हार खानैपर्छ । अर्थात् उदाहरणका लागि पुँजीपतिवर्गको खुट्टामुनिबाट जमिन बिस्तारैसित खस्किँदै गइरहेको छ र त्यो वर्ग हरदिन झन्झन् पछिल्तिर पर्दैछ भने त्यो आज जतिसुकै बलियो र सङ्ख्यामा धेरै भए पनि त्यसले आखिरमा गएर हार खानैपर्छ । किन ? किनभने वर्गका रूपमा त्यसको ह्रास हुँदैछ, त्यो कमजोर बन्दैछ, पुरानो हुँदैछ र जीवनका निम्ति भार बन्दैछ ।

त्यसबाट नै यो सुप्रसिद्ध द्वन्द्वात्मक प्रस्थापना निस्क्यो– जुन कुराको वास्तविक अस्तित्व हुन्छ अर्थात् जुन कुरा दिनप्रतिदिन बढ्छ, त्यो युक्तिसङ्गत हुन्छ र जुन कुराको दिनप्रतिदिन ह्रास हुन्छ, त्यो अयुक्तिसङ्गत रहन्छ र त्यसैले त्यसको अनिवार्य पराजय हुन्छ ।

उदाहरणका लागि विगत शताब्दीको असीको दशकमा रुसी क्रान्तिकारी बुद्धिजीवीहरूका बीचमा एउटा ठूलो वादविवाद चल्यो । नारोद्निकहरूको भनाइ कस्तो रह्यो भने ‘रुसलाई मुक्त गर्ने’ कार्यभार लिनसक्ने मुख्य शक्ति ग्रामीण तथा सहरी निम्नपुँजीपतिवर्ग हो । माक्र्सवादीहरूले तिनीहरूसित त्यसको कारण सोधे । त्यसको कारणमा तिनीहरूले के बताए भने अहिले ग्रामीण तथा सहरी निम्नपुँजीपतिहरू बहुसङ्ख्यामा छन् र त्यसमा पनि तिनीहरू गरिबीमा रहेका छन् ।

त्यसको जबाफमा माक्र्सवादीहरूले यसो भने– साँचो हो, अहिले ग्रामीण तथा सहरी निम्न पुँजीपतिहरू बहुसङ्ख्यामा छन् र तिनीहरू साँच्चिकै गरिब छन् तर अहिलेसम्म तिनीहरूले सर्वहारावर्गको सहयोग नभईकन ‘स्वतन्त्रता’ का लागि सङ्घर्षमा कुनै तत्परता देखाएका छैनन् । किन ? किनभने वर्गका रूपमा निम्न पुँजीपतिवर्ग बढिरहेको छैन । त्यसको विपरीत, त्यो दिनपरदिन छिन्नभिन्न हुँदैछ र पुँजीपति तथा सर्वहारामा टुक्रिँदैछ । अर्कोतिर यहाँ अवश्य पनि निर्णायक महत्वको कुरो गरिबी होइन ः ‘फिरन्ताहरू’ निम्नपुँजीपतिभन्दा धेरै गरिब छन् तर उनीहरू ‘रुसलाई मुक्त पार्ने’ कार्यभार लिन सक्छन् भनेर कसैले पनि भन्नेछैन ।

सर्वहारावर्ग नै एक मात्र यस्तो वर्ग हो जो लगातार बढ्दैछ र तागतवर हुँदैछ । त्यसले सामाजिक जीवनलाई अघिल्तिर धकेल्दैछ र आफ्नो वरिपरि सबै क्रान्तिकारी तत्वहरूलाई एकत्रित पार्दैछ । त्यसैले हामीले त्यसलाई वर्तमान समयको आन्दोलनमा मुख्य शक्ति मान्नुपर्छ, त्यसको पङ्क्तिमा सामेल हुनुपर्छ र त्यसको प्रगतिशील प्रयत्नलाई आफ्नो प्रयत्न बनाउनुपर्छ ।

माक्र्सवादीहरुले उपर्युक्त ढङ्गबाट जबाफ दिए ।

स्पष्ट छ, माक्र्सवादीहरूले जीवनलाई द्वन्द्वात्मक दृष्टिकोणले हेरे तर नारोद्निकहरूले अतिभूतवादी ढङ्गबाट तर्क गरे– तिनीहरूले सामाजिक जीवनलाई अचल रहने चीजका रूपमा हेरे ।
द्वन्द्वात्मक तरिकाले जीवनको विकासलाई त्यस रूपमा हेर्छ ।

तर जताततै गति छन् । ‘डिसेम्बरका दिनहरू’ मा, जब सर्वहारावर्गले आफ्नो पिठ सोझो पारेर शस्त्रागारहरूमा धावा बोल्यो र प्रतिक्रियावादमाथि हमला ग¥यो, त्यसबेला सामाजिक जीवनमा गति थियो । तर पहिलेका वर्षहरूमा, जब ‘शान्तिपूर्ण’ विकासको स्थितिअन्तर्गत आपूmलाई वैयक्तिक हडताल र ससाना मजदुर सङ्घहरूको निर्माणमा सीमित राखेका थिए त्यसताकाको गतिलाई पनि सामाजिक गति भनिनुपर्छ ।
स्पष्ट छ, गतिले भिन्नाभिन्नै रूपहरू लिन्छ ।

र त्यसैले द्वन्द्वात्मक तरिका के भन्छ भने गतिका दुई रूप छन्– विकासशील र क्रान्तिकारी रूप ।
जब प्रगतिशील तत्वहरू स्वयम्स्पूmर्त रूपमा आफ्ना दैनिक गतिविधिहरू जारी राख्छन् र पुरानो व्यवस्थाभित्र साना, परिमाणात्मक परिवर्तनहरू ल्याउँछन् तब गति विकासशील रहन्छ ।

जब तीनै तत्वहरू मिल्छन्, एउटै विचारबाट प्रेरित हुन्छन् र पुरानो व्यवस्थाको जरो उखेल्ने र जीवनमा गुणात्मक परिवर्तन ल्याउने, एउटा नयाँ व्यवस्था स्थापना गर्ने उद्देश्यले शत्रुशिविरमाथि हमला गर्छन् तब गति क्रान्तिकारी रहन्छ ।

विकासले क्रान्तिका लागि तयारी गर्छ र जग बसालिदिन्छ । क्रान्तिले विकासको प्रक्रियालाई पूरा गरेर त्यसको अरू क्रियाकलापलाई सुगम पार्छ ।

प्रकृतिमा पनि त्यस्तै प्रक्रियाहरू चल्छन् । विज्ञानले इतिहासले के देखाउँछ भने द्वन्द्वात्मक तरिका एक साँच्चिकै वैज्ञानिक तरिका हो । खगोलशास्त्रदेखि समाजविज्ञानसम्म, हरक्षेत्रमा हामीले कुन विचारको परिपुष्टि पाउँछौँ भने ब्रह्माण्डमा कुनै कुरो पनि शाश्वत् छैन, हरकुरो फेरिन्छ, हरकुराको विकास हुन्छ । त्यसैले, प्रकृतिको हरचीजलाई गति र विकासको दृष्टिकोणबाट हेरिनुपर्छ । यसको अर्थ के हो भने वर्तमान समयको सम्पूर्ण विज्ञानमा द्वन्द्ववादको भावना व्याप्त छ ।

जहाँसम्म गतिका रूपहरूको सम्बन्ध छ, द्वन्द्ववादअनुसार ससाना, परिमाणात्मक परिवर्तनहरूको कारणबाट ढिलो वा चाँडो ठूलठूला गुणात्मक परिवर्तनहरू हुन्छन् भन्ने तथ्यको जहाँसम्म सम्बन्ध छ, उक्त नियम प्रकृतिको इतिहासमा पनि त्यत्तिकै जोडका साथ लागू रहन्छ । प्रकृतिको इतिहासमा परिमाणात्मक परिवर्तनहरूबाट गुणात्मक परिवर्तन आउने कुरो कति धेरै महत्वपूर्ण छ भन्ने कुरो मेन्डेलेयवको ‘तत्वहरूको आवधिक व्यवस्था’ ले स्पष्टसित देखाउँछ । नव लामार्कवादको सिद्धान्तले पनि जीवविज्ञानमा त्यही कुरा देखाउँछ ।

हामी अन्य तथ्यहरूमा केही भन्दैनौँ किनभने त्यसमाथि एङ्गेल्सले आफ्नो ड्युरिङ विरोधमा पर्याप्त मात्रामा प्रकाश पारिसक्नुभएको छ ।

द्वन्द्वात्मक तरिकाको सार यसप्रकारको छ:

(ख) भौतिकवादी सिद्धान्त

‘मानिसहरूको चेतनाले उनीहरूको सत्तालाई निर्धारित गर्दैन, बरु त्यसको उल्टो उनीहरूको सामाजिक सत्ताले उनीहरूको चेतनालाई निर्धारित गर्छ ।’
–कार्ल माक्र्स

द्वन्द्वात्मक तरिका के हो भन्ने कुरा हामीले थाहा पाइसकेका छौँ ।

भौतिकवादी सिद्धान्त भनेको के हो ?

संसारमा हरकुरो फेरिन्छ, जीवनमा हरकुराको विकास हुन्छ । तर उक्त परिवर्तनहरू कसरी हुन्छन्, उक्त विकास कुन रूपमा अघि बढ्छ ?

उदाहरणार्थ हामीलाई के थाहा छ भने कुनै बेला पृथ्वी एक बल्दो आगोको डल्लो थियो । अनि त्यो बिस्तारैसित चिसो भयो, बिरुवा र जनावरहरू देखापरे । जनावर जगत्को विकास हुँदै गएर पछि एक खास जातिको पुच्छर नभएको वानर देखाप¥यो र त्यसपछि मानिस देखाप¥यो ।

सामान्य रूपमा भन्ने हो भने प्राकृतिक विकास उपयुक्त ढङ्गबाट भएको छ । हामीलाई के पनि थाहा छ भने सामाजिक जीवन पनि अचल रहेको छैन । कुनै बेला मानिसहरू आदिम साम्यवादी आधारमा रहेका थिए । त्यसताका उनीहरू सिकारद्वारा आफ्नो जीविका प्राप्त गर्थे, उनीहरू जङ्गलहरूमा घुमेर आफ्नो खाना प्राप्त गर्थे । अनि यस्तो समय आयो जब आदिम साम्यवादको ठाउँमा मातृप्रधान समाज स्थापना भयो । त्यस बेलामा मानिसहरू मुख्य रूपमा आदिम कृषिद्वारा आफ्ना खाँचोहरू पूर्ति गर्थे । पछि मातृप्रधान समाजको ठाउँमा पितृप्रधान समाज स्थापना भयो र त्यसअन्तर्गत मानिसहरू मुख्य रूपमा पशुपालनद्वारा आफ्नो जीविका उपार्जन गर्थे । पितृप्रधान समाजको ठाउँमा दास व्यवस्था आयो । त्यसताका मानिसहरू सापेक्ष रूपले अधिक विकसित कृषिद्वारा आफ्नो जीविका प्राप्त गर्थे । दास व्यवस्थापछि सामन्तवाद आयो अनि त्यसपछि पुँजीवादी व्यवस्था आयो ।

सामान्य रूपमा भन्ने हो भने सामाजिक जीवनको विकास उपयुक्त ढङ्गबाट भएको छ ।
यी सब सुविदित कुरा हुन् तर उक्त विकास कसरी भयो ? चेतनाले ‘प्रकृति’ र ‘समाज’ को विकास गराएको हो कि ‘प्रकृति’ र ‘समाज’ को विकासको चेतनाको विकास गराएको हो ?

भौतिकवादी सिद्धान्तले त्यस रूपमा सवाल प्रस्तुत गर्छ ।

कोही मानिसहरू के भन्छन् भने ‘प्रकृति’ र ‘सामाजिक जीवन’ भन्दा पहिले सर्वव्यापी विचार रहेको थियो र त्यो विचार पछि गएर तिनीहरूको विकासको आधार बन्यो । त्यसैले, ‘प्रकृति’ र ‘सामाजिक जीवन’ का परिघटनाहरूको विकास सर्वव्यापी विचारको बाह्य रूप हो, त्यसको अभिव्यक्ति मात्र हो ।

उदाहरणार्थ, आदर्शवादीहरूको मत त्यस्तो खालको थियो र समयका क्रममा उनीहरू कैयन् धाराहरूमा विभाजित भए ।
अरूहरू के भन्छन् भने सुरुदेखि नै संसारमा दुई परस्पर विरोधी शक्तिहरू –विचार र भौतिक तत्व, चेतना र सत्ता– रहेर आएका छन्, तदनुरूप परिघटनाहरू पनि दुई श्रेणीमा अर्थात् मानसिक र भौतिकमा पर्छन् । उक्त दुई तत्वहरू एकअर्काको निषेध गर्छन् र एकअर्काका विरुद्ध जुध्छन् जसले गर्दा प्रकृति र समाजको विकासमा मानसिक र भौतिक परिघटनाहरू माझको अनवरत सङ्घर्ष रहन्छ । उदाहरणार्थ द्वैतवादीहरूको मत त्यसप्रकारको थियो र समयका क्रममा तिनीहरू कैयन् धाराहरूमा टुक्रिए ।

भौतिकवादी सिद्धान्तले द्वैतवाद र आदर्शवाद दुवैलाई पूरै अस्वीकार गर्छ । तर त्यसको अर्थ तिनीहरू एकअर्काको निषेध गर्छन् भन्ने होइन । त्यसको उल्टो, मानसिक र भौतिक पक्षहरू एउटै प्रकृति वा समाजका दुई भिन्नाभिन्नै रूप हुन्, एउटाको अभावमा अर्को कल्पना गर्न सकिँदैन । ती सँगसँगै रहन्छन्, सँगसँगै विकसित हुन्छन् । त्यसैले ती एकअर्काको निषेध गर्छन् भनेर सोच्नका लागि कुनै आधार छैन ।

यसरी तथाकथित द्वैतवाद मिथ्यापूर्ण रहेको साबित हुन्छ ।

दुई भिन्न भौतिक र मानसिक रूपहरूमा व्यक्त भएको एउटा सिङ्गो र अविभाज्य प्रकृति, दुई भिन्न भौतिक र मानसिक रूपहरूमा व्यक्त भएको एउटा सिङ्गो र अविभाज्य सामाजिक जीवन– यस रूपमा हामीले प्रकृति र सामाजिक जीवनको विकासलाई लिनुपर्छ ।

भौतिकवादी सिद्धान्तको अद्वैतवाद उक्त प्रकारको छ ।

त्यसका साथै भौतिकवादी सिद्धान्तले आदर्शवादलाई पनि अस्वीकार गर्छ । आफ्नो विकासमा मानसिक पक्ष र सामान्यतः चेतना भौतिक पक्षको विकासभन्दा अघि रहन्छ भनेर सोच्नु गलत छ । कुनै जीवात्मा हुनुभन्दा अघि नै तथाकथित बाह्य ‘निर्जीव’ प्रकृति रहेको थियो । पहिलो जीवित पदार्थमा कुनै चेतना थिएन, त्यसमा उत्तेजनशीलता र संवेदनाका प्रारम्भिक तत्वहरू मात्र थिए । पछि जनावरहरूले बिस्तारैसित संवेदनशक्तिको विकास गरेर उनीहरूको शरीर तथा स्नायुप्रणालीको संरचनाको विकासअनुरूप सो शक्ति बिस्तारै चेतनामा विकसित भयो ।

पुच्छर नभएको बाँदरले सधैँभरि चार खुट्टाले हिँडेको भए, त्यो सोझो नउभिएको भए, त्यसको सन्तान मानिसले आफ्नो फोक्सो र कण्डनलीहरूको स्वतन्त्र रूपले प्रयोग गर्न सक्ने थिएन र बोल्न सक्ने थिएन । त्यसले गर्दा उसको चेतनाको विकास आधारभूत रूपबाट ढिलो हुने थियो । अथवा अर्को ढङ्गबाट भनौँ– पुच्छर नभएको बाँदर आफ्ना पछाडिका खुट्टाहरूले टेकेर नउभिएको भए, त्यसका सन्तान मानिसलाई चार खुट्टाले टेकेर हिँड्न, तलतिर हेर्न र त्यहाँबाट मात्र आफ्नो अनुभव प्राप्त गर्न कर लाग्ने थियो, उसले माथितिर र आफ्नो वरिपरि हेर्न सक्ने थिएन । फलस्वरूप, उसको मस्तिष्कले चौपायाको मस्तिष्कले भन्दा बढी अनुभव प्राप्त गर्न सक्ने थिएन । यी सबको कारणबाट मानवीय चेतनाको विकास आधारभूत रूपले ढिलो हुने थियो ।

तसर्थ यसबाट कुन कुरो निस्कन्छ भने मानसिक पक्षको विकास पछि हुन्छ र चेतनाको विकासभन्दा पहिलै भौतिक पक्षको विकास हुन्छ । बाह्य अवस्थाहरूले नै पहिले विकास हुन्छ । पहिले बाह्य अवस्थाहरू फेरिन्छन्, पहिले भौतिक पक्ष फेरिन्छ र अनि तदनुसार चेतना, मानसिक पक्ष फेरिन्छ ।

यसरी प्रकृतिको विकासको इतिहासले तथाकथित आदर्शवादलाई पूरै रूपमा भूmट्टो साबित गर्छ । मानव समाजको विकासको इतिहासबारे पनि त्यही कुरो भन्न सकिन्छ ।

इतिहासले के देखाउँछ भने भिन्नाभिन्नै बेलामा मानिसहरू भिन्नाभिन्नै विचार तथा इच्छाहरूबाट अभिप्रेरित रहेका थिए । त्यसको कारण के हो भने भिन्नाभिन्नै बेलामा मानिसहरू आफ्ना खाँचो पूर्ति गर्न भिन्नाभिन्नै ढङ्गबाट प्रकृतिसित लडेका थिए र तदनुसार उनीहरूका आर्थिक सम्बन्धहरूले भिन्नाभिन्नै रूपहरू लिएका थिए । कुनै बेला मानिसहरू प्रकृतिसित सामूहिक रूपले, आदिम साम्यवादका आधारमा लडेका थिए त्यसताका उनीहरूको सम्पत्ति साम्यवादी सम्पत्ति थियो । तसर्थ त्यस बेला ‘मेरो’ र ‘तेरो’ भन्ने कुनै भेद थिएन, उनीहरूको चेतना साम्यवादी थियो । यस्तो एक बेला आयो, जब ‘मेरो’ र ‘तेरो’ को भेदले उत्पादनको प्रक्रियामा प्रवेश ग¥यो । त्यसबेला सम्पत्तिले पनि निजी व्यक्तिवादी चरित्र धारणा ग¥यो र त्यसबेला मानिसहरूको चेतना निजी सम्पत्तिको भावबाट ओतप्रोत रह्यो । अनि यस्तो समय, वर्तमान समय आयो, जब उत्पादनले फेरि सामाजिक चरित्र धारण गर्दैछ र त्यसैले सम्पत्तिले पनि चाँडै नै सामाजिक चरित्र धारण गर्नेछ र त्यही कारणले गर्दा मानिसहरूको चेतना बिस्तारैसित समाजवादबाट अभिप्रेरित हुँदैछ ।

यहाँ एउटा साधारण दृष्टान्त दिइएको छ । यस्तो एकजना सार्कीको दृष्टान्त लिऊँ जसको एउटा सानो ज्यासल हुन्छ तर जसले ठूला उत्पादनकर्ताहरूको होडबाजीमा टिक्न नसकेर, आफ्नो ज्यासल बन्द गरी भनौँ तिपसिलमा एदेल्खानोवको जुत्ता कारखानामा काम गरेको हुन्छ । स्थायी ज्यालादारी मजदुर बन्ने उद्देश्यले होइन, बरु आफ्नो ज्यासल फेरि खोल्न केही पैसा जोगाउने, अलिकति पुँजी जम्मा गर्ने उद्देश्यले ऊ एदेल्खानोवको कारखानामा काम गर्न गएको हुन्छ । यसरी हामी देख्छौँ, यस सार्कीको स्थिति सर्वहारा भइसकेको छ तर उसको चेतनाचाहिँ अझसम्म गैरसर्वहारा, पूर्ण रूपले निम्नपुँजीवादी रहेको छ । अर्को शब्दमा यस सार्कीले आफ्नो निम्नपुँजीवादी स्थिति गुमाइसकेको छ । त्यो स्थिति खतम भएको छ तर उसको निम्नपुँजीवादी चेतना अझसम्म गइसकेको छैन, उक्त चेतना उसको वास्तविक स्थितिभन्दा पछि परेको छ ।

स्पष्ट छ यहाँ पनि सामाजिक जीवनमा, पहिले बाह्य अवस्थाहरू फेरिन्छन्, पहिले मानिसको स्थिति फेरिन्छ अनि तदनुसार उनीहरूको चेतना फेरिन्छ ।
हामी आफ्नो सार्कीतिर फर्कौं । माथि के बताइएको छ भने उसको इरादा केही पैसा जोगाउन ज्यासल फेरि खोल्नु हो । यो सर्वहारा सार्की काम गर्दै जान्छ तर उसले पैसा जोगाउन साह्रै गाह्रो छ भन्ने कुरा चाल पाउँछ किनभने उसको कमाइबाट उसलाई जीवन धान्न मात्र मुस्किलले पुगेको हुन्छ । अर्को कुरा उसले के महसुस गर्छ भने निजी ज्यासल खोल्नु आखिर त्यति आकर्षक छैन । ठाउँका लागि तिर्नुपर्ने बहाल, ग्राहकहरूको मनपरी, पैसाको कमी, ठूला उत्पादनकर्ताहरूको होडबाजी त्यस्तै चिन्ताहरू– यस्ता झमेलाहरूले निजी ज्यासल मालिकको मनलाई सताउने गर्छन् । अर्कोतिर, सर्वहारा त्यस्ता झन्झटहरूबाट तुलनात्मक रूपले स्वतन्त्र छ । उसले ग्राहकहरूको कचकच सुन्नु पर्दैन वा ठाउँका लागि बहाल तिर्नु पर्दैन । ऊ हरदिन बिहान कारखानामा जान्छ, साँझमा ‘शान्तिपूर्वक’ घर फर्कन्छ र त्यत्तिकै शान्तिपूर्वक शनिवारको दिन आफ्नो ‘तलब’ खल्तीमा राख्छ । यहाँ सर्वप्रथम, हाम्रो सार्कीका निम्नपुँजीवादी सपनाका पखेटाहरू काटिन्छन् । यहाँ सर्वप्रथम उसको अन्तरात्मामा सर्वहारा प्रयत्नहरू जाग्छन् ।

समय बित्दै जान्छ र हाम्रो सार्कीले के देख्छ भने ऊसित उसका अत्यधिक आवश्यक खाँचोहरू पूर्ति गर्न पुग्ने पैसा छैन । उसलाई सबभन्दा ठूलो खाँचो परेको कुरो ज्यालामा वृद्धि गर्ने रहन्छ । त्यसका साथै उसले आफ्ना साथी मजदुरहरूले सङ्घ र हडतालबारे कुरा गरिरहेको सुन्छ । यहाँ हाम्रो सार्कीले कुन कुरो बुझ्छ भने आफ्नो स्थितिमा सुधारका लागि उसले मालिकहरूसित लड्नुपर्छ र आफ्नै ज्यासल खोल्ने होइन ऊ सङ्घमाा सामेल हुन्छ । हडताल र आन्दोलनमा प्रवेश गर्छ र चाँडै नै समाजवादी विचारहरूबाट अभिप्रेरित हुन्छ ।

यसरी आखिरमा सार्कीको भौतिक स्थितिमा भएको परिवर्तनपछि उसको चेतनामा परिवर्तन भयो । पहिले उसको भौतिक स्थिति फेरियो अनि केही समयपछि तदनुसार उसको चेतना फेरियो ।
वर्गहरूबारे र सम्पूर्ण समाजबारे पनि यही कुरा साँचो रहन्छ ।
(स्टालिनका छानिएका रचनाहरु, कृष्णदास श्रेष्ठको अनुवाद)

Comments

comments